धितोपत्र बोर्डबाट अनुमतिप्राप्त संस्थाले सबै कर्मचारीको ३ दिनभित्र अनिवार्य कोरोना बीमा गराउनु पर्ने
नेपालबहस संवाददाता
भदौ १, २०७७ सोमबार २०:५५:२६
१ भदौ, काठमाडौं । धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सबै संस्थाले आफ्ना कर्मचारीको ३ दिनभित्र अनिवार्य कोरोना बीमा गराउनु पर्ने भएको छ । बोर्डले हिजो एक सुचना जारी गर्दै सो निर्देशन दिएको हो । धितोपत्र बोर्डले कोरोना बीमा तथा विदा सम्बन्धमा बोर्डबाट अनुमतिप्राप्त धितोपत्र बजार, क्रेडिट रेटिङ्ग संस्था तथा सम्पूर्ण धितोपत्र व्यवसायीहलाई परिपत्र गरेको छ ।
उप–कार्यकारी निर्देशक रुपेश केसीले जारी गरेको पत्रमा भनिएको छ :- विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसबाट उत्पन्न हुन सक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न तहाँको संचालक तथा कार्यरत सम्पूर्ण कर्मचारीहरुको अनिवार्य रुपमा संस्थानकै खर्चमा तीन दिनभित्र कोरोना बीमा गरी सो को जानकारी बोर्डमा पेश गर्न भनेको छ । नेपाल सरकारको मापदण्ड बामोजिम कुनै कर्मचारी क्वारेन्टाइन वा आइशोलेशनमा बस्नु परेमा संस्थालाई जानकारी गराई विदामा बस्न सक्ने छ । त्यसरी बिदा बस्दा निजलाई सो अवधिको तलब कट्टा नहुने गरी विदा दिने व्यवस्था गर्न पनि बोर्डले भनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ४.७७ अंकले बढ्यो
माघ १०, २०८१ बिहिबार
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ आजदेखि खुल्यो
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरपालिकाको १६ औं नगरसभा सम्पन्न
माघ ११, २०८१ शुक्रबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार