विभिन्न जिल्लाबाट लागूऔषधसहित ५ जना पक्राउ
नेपालबहस संवाददाता
भदौ २, २०७७ मंगलबार १९:३१:४०
२ भदौ, काठमाडौं । मोरङकाे बिराटनगर महानगरपालिका-१५ सूर्य बस्तीबाट अवैध लागूऔषध १० बोतल सफिटस-डी र ३९ चक्की एभिल सहित सोही महानगरपालिका-२ बस्ने २९ वर्षीय प्रणक शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट उक्त लागूऔषध लिई आइरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस्तै कैलालीकाे धनगढी उपमहानगरपालिका-३ बाट करिब ७ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने वस्तुसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-१ बस्ने २४ वर्षीय पृथ्बी खड्का र सोही उपमहानगरपालिका-३ बस्ने २५ वर्षीय अनुराग मल्ल रहेका छन् । उक्त लागूऔषध र से.६ प ७८९ नम्बरको मोटरसाइकल सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
यस्तै कन्चनपुरकाे बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने वस्तु करिब १० ग्राम ८ सय ३० मिलीग्राम सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले से।७ प १४०१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक कैलाली धनगढी उपमहानगरपालिका-५ बस्ने २६ वर्षीय अनमोल शाह र मोटरसाइकलमा सवार सोही नगरपालिका-१३ बस्ने २९ वर्षीय जयराज रानाको साथमा उक्त वस्तु फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार