शेयरबजार खुला हुने भएपछि लगानीकर्ता उत्साहित
नेपालबहस संवाददाता
भदौ ३, २०७७ बिहिबार ०:३७:४७
३ भदौ, काठमाडौं । अर्थ मन्त्रालय्, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज शेयर बजार खोल्ने पक्ष उभिएसँगै लगानीकर्ता उत्साहित भएका छन् । नेपाल धितोपत्र बोर्डले भाेलिबाट लागूहुने निषेधाज्ञा अवधिमा पनि शेयरबजार नियमित रुपमा खोल्ने र कारोबार हुने जनाएको छ ।
आज अर्थमन्त्रालयमा भएको छलफलपछि नेपाल धितोपत्र बोर्ड शेयरबजार खोल्ने निर्णयमा पुगेको हो । साविकको झैं बिहान ११ देखि दिउँसो ३ बजेसम्म बजार सञ्चालन हुने छ । यसअघि नेप्सेले पनि बजार नियमित रुपमा सञ्चालन हुने जानकारी गराएको थियो । कतिपय लगानीकर्ता बजार खुल्छ वा खुल्दैन भन्नेमा अन्योलमा पनि रहेका थिए तर बजार सञ्चालक र नियामक निकाय नेप्सेले कारोबार नियमित हुने बताएका छन् ।
नेप्सेको पछिल्लो तथ्यांक अनुसार अनलाइनबाट दोस्रो बजारमा शेयर कारोबार गर्ने लगानीकर्ताको संख्या ४७ हजार नाघेका छन् । दोस्रो बजारमा सक्रिय भएर शेयर कारोबार गर्ने लगानीकर्ताको संख्या २ लाख ६४ हजार ६३३ जना रहेको नेप्सेको तथ्यांकमा उल्लेख छ । सीडीएसको तथ्यांक अनुसार १७ लाख ७६ हजार ३३७ जनाको हितग्राही खाता (डिम्याट अकाउन्ट) रहेको छ । यसआधारमा अहिलेसम्म आफैंले पूर्णप्रविधि प्रयोग गर्ने लगानीकर्ताको संख्या भने न्यून रहेको देखिन्छ ।
धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीका अनुसार निषेधाज्ञा अवधिमा पनि नेप्सेको कारोबार अहिलेकै जस्तै नियमित हुनेछन् । यता, बजार सञ्चालक तथा नियामक निकायहरुले पूर्ण अनलाइन प्रणालीको कारोबारलाई जोड दिएका छन् । ग्राहकहरु ब्रोकर कार्यालयमा जानुपर्ने बाध्यता छैन । कारोबार तथा भुक्तानीका कामहरु अनलाइन प्रणालीबाट सम्पन्न गर्न सकिन्छ ।
सरकारले आज भदौ ३ गते मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरेको छ । लगानीकर्ता पनि शेयरबजार बन्द गर्न नहुने पक्षमा उभिएका छन् । यसभन्दा पहिलेको लकडाउनमा नेप्से ९८ दिन बन्द भएको थियो । लामो समय बन्द भएका कारण लगानीकर्ताले शेयर खरिदबिक्री गर्न पाएका थिएनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार