निषेधाज्ञाको पहिलो दिन कारोवार रकम कम, यसकारण भयो बजारको दिशा अनिश्चित ?
आर्थिक संवाददाता
भदौ ४, २०७७ बिहिबार २३:४:५५
भाद्र ४, काठमाडाैं । काठमाडाैंमा निषेधाज्ञा भएको पहिलो दिन शेयरबजारमा ६ अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक शुन्य दशमवल ४५ प्रतिशतले वृद्धि भएको छ ।
नेप्सेमा १८२ कम्पनीको शेयर कारोवार हुँदा ३९ करोड ३१ लाख बराबरको शेयर कारोवार भएको छ । निषेधाज्ञाले गर्दा कारोवार रकम निकै घटेको छ । नेप्से परिसूचक ६ दशमलव २८ अंकले वृद्धि हुँदै १३९७ दशमलव ५७ को विन्दुमा बन्द भएको छ ।
आज बजार १३९१ दशमलव २५ को विन्दुमा खुलेकोमा बजारले ११ बजेर ३१ मिनेटमा १३८९ दशमलव ४५ को न्यून विन्दुसम्म पुगेको थियो । बजारको उच्च विन्दु १ बजेर ८ मिनेटमा १४०३ दशमलव ९३ थियो । आजको बजारमा कारोवार रकम निकै कम भएकाले बजारको भावी दिशाको बारेमा भन्न मिल्ने अवस्था छैन । त्यस्तै आज ईण्ट्राडेमा बजार १४०० माथि पुगे पनि त्यो विन्दुमाथि टिक्न सकेको थिएन ।
आज नेको इन्स्योरेन्सको शेयर सर्वाधिक कारोवार भएको छ । नेको इन्स्योरेन्सको ३ करोड ०२ लाख बराबरको शेयर खरिदबिक्री भएको छ ।
सम्वृद्धि फाइनान्स , सिभिल लघुवित्त, विशाल बजार कम्पनी, सुर्योदय लघुवित्त र बेस्ट फाइनान्स सर्वाधिक कमाउने ५ कम्पनी हुन भने सर्वाधिक गुमाउने ५ कम्पनीमा जोशी हाईड्रोपावर, साधना लघुवित्त, मल्टीपर्पोज फाइनान्स, माउन्टेन हाईड्रो र श्री इन्भेस्टमेन्ट फाइनान्स रहेका छन् ।
प्राविधिक बिश्लेषण :
✍ प्रतिरोध २ः १४३० । प्रतिरोध १ः १४१५ । टेवा १ः १३८० । टेवा २ः १३६२
✍ आज शेयरबजारको प्रवृत्ति केही सकारात्मक रहेको छ । कारोबारको पहिलो दुई घण्टासम्म बजार बढेको र त्यसपछि बजार सच्चिएर पछिल्लो कारोबार समयमा बजार प्रवृत्तिहिन रहेको थियो। आजको मैनबत्तीले बजार बढेको संकेत गरे पनि उतारचढाव कम रहेको जानकारी दिएको छ ।
✍ आज परिमाण कम भएकोले बजारमा लगानीकर्ताहरुको सहभागिता कम रहेको जानकारी दिएको छ।
✍ दैनिकी अवधिमा “आरएसआई” ४९ दशमलब ४१ को बिन्दुमा छ। यसको प्रवृत्तिले बजार सामान्य रहेकोे जानकारी दिएको छ।
✍“एडीएक्स” र जोड / बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले दिएको संकेत प्रभावकारी देखिन्दैन।
✍ “अन ब्यालेन्स भल्यूम” ले बजारमा क्रेताको चाप हुन सक्ने जानकारी दिए पनि बजारको प्रवृत्तिले हालसम्म समर्थन गरेको देखिन्दैन।
✍ बजार बढेमा पहिलो प्रतिरोध १४१५ को क्षेत्रमा रहेको देखिन्छ । त्यस्तै, हाल बजारको तत्कालिन टेवा १३८० को क्षेत्रमा रहेको देखिन्छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार