टिकटक तिज क्विनको उपाधी मनिकालाई, फर्स्ट र सेकेन्ड रनरअप एलिशा र सिर्जना
नेपालबहस संवाददाता
भदौ ५, २०७७ शुक्रबार १८:६:८
५ भदौ, ईटहरी । डिथ्री अनलाईन संचालन गरिरहेको परिकला मिडिया प्रालीले कोरोना त्रासको बिच सामाजिक संजाल मार्फत एक प्रतियोगिता आयोजना गरेको छ । ‘टिकटक तिज क्विन २०७७’ नाम दिइएको उक्त प्रतियोगिताको नतिजा सार्बजनिक गरिएको छ ।
फरक कन्सेप्टमा गरिएको सार्बजनिक शैलीबाट प्रतियोगिताको बिजेता मनिका बोहोरा, फर्स्ट रनरअप एलिशा क्षेत्री र सेकेन्ड रनरअप सिर्जना पोख्रेल भएका छन् । यस्तै सब-टाईटल अवार्ड पाउनेहरुको नाम पनि घोषणा गरिएको छ । जसमध्ये बेस्ट ड्रेसअप मन्जु मगर, बेस्ट एक्स्प्रेसन भावना श्रेष्ठ, बेस्ट डान्स जुनु श्रेष्ठ, ब्युटीगर्ल ईजिना चौलागाईं, बेस्ट क्वालिटी संगीता रेग्मी, बेस्ट लिटिल स्टार अज्लिना शर्मा र मिस चार्मिङको अवार्ड रश्मिता श्रेष्ठले जितेकी छन् ।
त्यस्तै जन्मजात अपाङ्ग भएर सुन्दर जिन्दगी जिउन कोशिस गरिरहनु भएकी हेटौडाकि देवि ढुङेलको स्व-ईच्छाले प्रतियोगितामा सहभागीता रहेको थियो । त्यो इच्छा शक्तिलाई सम्मान गर्दै आयोजक टिमको तर्फबाट २५०० नगद ‘प्रोत्साहन पुरस्कार’ स्वरुप दिने घोषणा समेत भएको छ । डिथ्रीको स्टुडियोबाटै लाईभ गरिएको कार्यक्रममा साङितिक माहौलका लागि गायक तथा रचनाकार केशब राईको उपस्थिति रहेको थियो ।
राईले आफ्नो विभिन्न गीतहरु सुनाएका थिए । उक्त लाईभ कार्यक्रमबाट बिजेताहरु घोषणा मात्र गरिएको तर पुरस्कार बितरणको कार्य भने बाकी नै रहेको प्रतियोगिताको कन्सेप्ट डिजाईनर, ब्यवस्थापक तथा परिकला मिडिया प्रालीका प्रवन्ध निर्देशक सुवास श्रेष्ठ संकल्पले बताए । कोरोनाको त्रास कम भएपछि एक औपचारिक कार्यक्रमको आयोजना गरि बिजेताहरुलाई पुरस्कार तथा अवार्ड बितरण गरिने संकल्पले बताए ।
डिथ्री फोटोग्राफी फेसबुक पेजबाट गराईएको प्रतियोगितामा २६ जनाको सहभागीता रहेको थियो । सो पेजमा राखिएको प्रतिष्पर्धिको टिकटक भिडियोमा आएको लाईक, शेयर र भ्युजको आधारमा बिजेता र उप बिजेताहरु घोषणा गरिएको हो भने सब टाईटल अवार्डहरु भने आयोजकको मुल्यांकनको आधारमा गरिएको कार्यक्रमकि कोअर्डिनेटर संगीता चौधरीले बताईन । लाईक, शेयर र भ्युजलाई भोटमा कन्भर्ट गरिएको थियो । जसअन्तर्गत बिजेताले ४ हजार ३ सय ३ भोट, फर्स्ट रनरअपले ४ हजार ११ भोट र सेकेन्ड रनरअपले २ हजार ९६ भोट प्राप्त गरेको कार्यक्रमको अर्का कोअर्डिनेटर शर्मिला दाहालले बताईन ।
यस कम्पनीले गत वर्षमा पनि फोटो प्रतियोगितालाई स्तरिय बनाउने उद्देश्य सहित तीजको अवसरमा फरक कन्सेप्ट अर्थात आयोजक कम्पनीले नै प्रोफेसनल फोटोसुट गरेर सोही फोटोको प्रतियोगिता गरेको थियो । यसवर्ष सो कन्सेप्टलाई अन्य केही कम्पनी तथा सस्थाहरुले पनि सुरु गरेको कारण यो पटक तिजकै अवसर पारेर फरक कन्सेप्टमा ‘टिकटक तिज क्विन २०७७ को आयोजना गरेको संकल्पले बताए ।
बिजेताले नगद पुरस्कार संगै अन्य अफरहरु प्राप्त गर्नेछन् । बिजेताले १० हजार नगद, फर्स्ट रनरअपले ७ हजार नगद र सेकेन्ड रनरअपले ५ हजार नगद पुरस्कार पाउनेछन् । नगद संगै बिजेताहरुले प्रोफेसनल फोटोसुटको अफर पाउनेछन भने सोही फोटोसुटको तस्वीर सहित ३ जनाकै छुट्टा छुट्टै मिडिया न्युज कभरेज गरिनेछ ।
साथै अन्य गिफ्टहरु पनि प्राप्त गर्नेछन् । अन्य सम्पुर्ण सहभागीहरुले प्रमाणपत्र साथै मेकअप कोर्समा ५० प्रतिशत छुट पाउनेछन । पुरस्कार बितरणको फाईनल कार्यक्रमको लागि प्रमुख आकर्षणको रुपमा चर्चित बाल गायक तथा भारतिय च्यानलबाट प्रसारण हुने ख्यातिप्राप्त टिभी रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’का सेकेन्ड रनरअप प्रीतम आचार्यलाई फाईनल गरिएको छ ।
कार्यक्रमको सहयोगीको रुपमा “श्रद्धा टुर एण्ड ट्राभल, हरियाणा”, “धरान स्टिल फेब्रीकेटर वर्क, धरान”, ‘कल्पना ब्युटी पार्लर, ईटहरी’, उत्सव होटल, ईटहरी र हिनाज ब्युटी पार्लर ईटहरी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार