अमेरिकामा कोरोना बीमाका लागि दश लाखको निवेदन
नेपालबहस संवाददाता
भदौ ५, २०७७ शुक्रबार २०:३७:३०
५ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभीड–१९)को सङ्क्रमण फैलिँदै गएकाले अमेरिकामा बीमाका लागि आवेदन दिनेहरुको संख्यामा पनि बृद्धि भएको छ ।
कोरोनाका कारण काम गर्न नपाएको वा उद्योग धन्दाहरु बन्द भएकोले निरन्तर रोजगारी गुमाएर बेरोजगार भएपछि बेरोजगार बिमाका लागि निवेदन दिनु परेको हो ।
अमेरिकामा पछिल्लो पाँच महिनादेखि बेरोजगारीको समस्या बढ्दै गएको छ भने मुलुककै आर्थिक अवस्थामा समेत असर पर्न थालेको छ ।
गत हप्ता अहिलेसम्मकै सबैभन्दा धेरै ११ लाख मानिसले बेरोजगार बिमाका लागि निवेदन दिएको समाचार वासिङ्टन पोष्टले लेखेको छ । यसअघि अघिल्लो हप्ता नौ लाख ७० हजारभन्दा बढीले निवेदन दिएका थिए । एजेन्सी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु इन्स्योरेन्सको साधारणसभा आज, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै
बैशाख २०, २०८१ बिहिबार
नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा
बैशाख ४, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको वैशाख २० गते एजीएम, के-के छन एजेण्डा ?
बैशाख ३, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार