छिन्चु-जाजरकोट सडकखण्डमा पुल निर्माण अलपत्र
नेपालबहस संवाददाता
भदौ ६, २०७७ शनिबार १४:१७:३९
६ भदौ, जाजरकोट । छिन्चु–जाजरकोट सडकखण्डमा पर्ने विभिन्न साना तथा ठूला खोलामा पक्की पुल निर्माणको काम अलपत्र परेको छ । तीन वर्षभित्र सबै पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको लापरवाहीका कारण पुल निर्माण अलपत्र परेको हो । सडक विस्तार भएसँगै लामो समयदेखि ओझेलमा परेका पुल निर्माणको काम असार नजिकिएसँगै निरन्तरता पाएपनि अहिले अलपत्र अवस्थामा रहेको स्थानीयको भनाइ छ ।
भेरी करिडोरअन्तर्गत छिन्चु–जाजरकोट सडकको स्तरोन्नति गर्ने उद्देश्यले मोटरेबल पक्की पुलको निर्माण थालिएको थियो । विसं २०७४ मा सडकखण्डको ७० किलोमिटर भित्रको सुर्खेत जिल्ला क्षेत्रका ६ वटा पुल निर्माणको लागि लामा कन्स्ट्रक्सनले रु २७ करोडमा ठेक्का सम्झौता गरेको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । सम्झौता गरेको ठेकेदार कम्पनी लामा कन्स्ट्रक्सनले तीन वर्षको अवधिमा आफ्नो सम्झौताअनुसार पुल निर्माणको कार्य सम्पन्न गरेको छ ।
सुर्खेत जिल्लाभित्र पर्ने सडकखण्डमा लामा कन्स्ट्रक्सनले समयमै काम सम्पन्न गर्दासमेत जाजरकोट खण्डको सडकका पुल कछुवा गतिमा अगाडि बढेका छन् । रसुवा सूर्य कन्स्ट्रक्सन जेबिले ३६ किलोमिटर क्षेत्रभित्र पर्ने सोही सडकको छेडा–खलङ्गा सडकखण्डका ६ वटा पुल बनाउने गरी रु २२ करोडमा ठेक्का लिएको थियो । छेडाचौर–खलङ्गा खण्डमा निर्माणाधीन ६ वटा पुलको काम समयमा हुन नसकेपछि स्थानीय वर्षातको समयमा सास्ती खेप्न बाध्य छन् ।
समयमै ठेकेदारले काम नगर्दा वर्षातको समयमा खोला बढेपछि यातायात सेवा अवरुद्ध हुँदै आएको मध्यपश्चिम यातायात प्रालि जाजरकोटका एरिया इञ्चार्ज लोकेन्द्र चन्दले जानकारी दिए । खोर्के खोला आलि नजिकैको पुलले यातायात सञ्चालनमा निकै कठिनाइ भएको उनको भनाइ छ । छेडा चौरदेखि खलङ्गा सम्मका ६ वटा पुल निर्माणमा ठेकेदारको लापरवाहीका कारण यातायातका साधन अवरुद्ध हुँदै आएको चन्दको भनाइ छ ।
निर्माण जिम्मा लिएका ठेकेदार कम्पनीले सुर्खेततर्फका पुल निर्माण कार्य सम्पन्न गरेर जाजरकोट जिल्ला तर्फका पुल असार नजिकिएपछि पेश्की फछ्र्यौटको बहाना गर्दै काममा आलटाल गरिरहेको बताइएको छ ।
रसुवा सूर्य कन्स्ट्रक्सन जेभिले जाजरकोटका ६ वटा पुल समयमा काम नगरेर अलपत्र पारेको छ । यो सडकलाई भेरी करिडोरको रुपमा विकास गर्ने निर्णय गरेसँगै सरकारले सडक विस्तारका नाममा करोडौँको बजेट खर्च गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचनमा ठूला दलकै वर्चश्व
मंसिर १७, २०८१ सोमबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
बाघको आक्रमणमा परी कञ्चनपुरमा एक गोठाला घाइते
मंसिर १७, २०८१ सोमबार
कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्रीले गरे स्वागत
मंसिर १७, २०८१ सोमबार