कृषि तथा वन विज्ञान पदाधिकारी विहीन हुँदा विश्वविद्यालय सभा अन्यौलमा
नेपालबहस संवाददाता
भदौ ८, २०७७ सोमबार २१:४:३९
◊ नारायण अधिकारी
८ भदौ, चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर पदाधिकारी विहीन हुँदा विश्वविद्यालय सभा अन्यौलमा परेको छ । गत आर्थिक वर्षको खर्च अनुमोदन र आउँदो वर्षको वजेट स्वीकृत सभाबाट गर्नु पर्दछ ।
विश्वविद्यालय उपकुलपति विहीन भएको एक वर्ष पुरा भई सकेको छ भने रजिस्ट्रार, सेवा आयोगका अध्यक्ष, डिन र निर्देशक रिक्त छन् । रजिस्ट्रार र सेवा आयोगका अध्यक्ष वाहेकका पद कायममुकायमका भरमा चलेको छ । गत वर्षको भदौ ७ गतेबाट उपकुलपति नियुक्त नभएसम्मका लागि दैनिक कामकाजको जिम्मेवारी पाउनु भएकी डा। शारदा थपलियका अनुसार सभाको सदस्य सचिव रजिस्ट्रार नै नभएका कारण विश्वविद्यालय सभा हुन नसकेको हो ।
विश्वविद्यालय स्थापना यता ढिलोमा यही भदौ महिनाको पहिलो साता भित्रमा क्याम्पस सभा हुँदै आएकोमा यस वर्ष भने अन्यौलमा परेको उनले बताए । सभा नहुँदा पूँजीगत खर्चका काम रोकिने भएको छ । तलब भने पेश्कि वजेट दिएर खुवाउन सकिने उनले जानकारी दिए । गत आर्थिक वर्षमा विश्वविद्यालयलाई ६९ करोड वजेट निकासा भएको थियो ।
ती मध्ये ५० करोड हाराहारी संञ्चालन खर्च हुने डा थपलियाको भनाइ छ । विश्वविद्यालयले चालु आर्थिक वर्षका लागि भौतिक संरचना समेत निर्माण गर्नु पर्ने भएकाले तीन अर्ब माग गरेको थियो । पूर्ण जिम्मेवारी सहित आफूले काम गर्न नपाएको र अन्य पदाधिकारी रिक्त रहेकाले विश्वविद्यालयका महत्वपूर्ण कामहरु रोकिएको उनले बताए ।
रजिस्ट्रार गत माघ १२ गतेबाट र दुईवटा सङकायका डिन गत जेठ १ गतेबाट खाली छ । सेवा आयोजको अध्यक्ष गत साउन पाँच गतेबाट रिक्त भएको छ । निर्देशकहरु मध्ये एक खालि छ । बाँकी रहेका वन सङ्कायका डिन र निर्देशकहरुको कार्यकाल यही पुषमा सकिदैं छ । उपकुलपति नियुक्ति भएमा चार वर्ष कार्ययोजना वनाएर काम गर्न सक्ने छ ।
विश्वविद्यालयले दीर्घकालिन महत्व राख्ने विभिन्न काम गर्नु पर्ने भए पनि गत आर्थिक वर्ष यतिकै गुजारेको छ । चालु आर्थिक वर्ष पनि अन्यौलमा परेको छ । विश्वविद्यालयको दैनिक गतिविधि सञ्चालन भएको भए पनि अन्य काम हुन सकेका छैनन् । वि। सं। २०६७ असारमा सरकारले कृषि शिक्षाको अध्ययन, अनुसन्धान र प्रसारलाई एकीकृत रुपमा अघि वढाउन विद्यालय स्थापना गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णाली स्वास्थ्य विज्ञानबाट ५८ जना विद्यार्थी दीक्षित हुँदै
कात्तिक २७, २०८१ मंगलबार
सरकारले सिकलसेलको औषधि ल्याएर वितरण गर्छ: प्रधानमन्त्री
कात्तिक २६, २०८१ सोमबार
दिल्लीस्थित नेपाली दूतावासले भन्यो, भारतको बाटो भएर विदेश जाने नेपालीलाई एनओसी चाहिन्न
कात्तिक २६, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार