निषेधाज्ञामै २ अर्ब माथिको कारोवार भएको बजारको टेवा, प्रतिरोध कहाँ ?
आर्थिक संवाददाता
भदौ ८, २०७७ सोमबार २२:४४:३४
भाद्र ८, काठमाडाैं । राजधानी तथा देशका विभिन्न ठाउँमा निषेधाज्ञा भएपनि साताको दोश्रो कारोवार दिन सोमबार शेयरबजारमा २१ अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक १ दशमवल ५१ प्रतिशतले वृद्धि भएको छ ।
आज १८२ कम्पनीको शेयर कारोवार हुँदा २ अर्ब १३ करोडको कारोवार भएको छ । नेप्से परिसूचक २१ दशमलव २६ अंकले वृद्धि हुँदै १४३१ दशमलव ६० को विन्दुमा बन्द भएको छ ।
बजार सकारात्मक देखिएकोले बजारमा १४७५ को क्षेत्रमा केही विक्रेताको चाप हुन सक्ने संकेत गरेको छ। हाल बजारको तत्कालिन टेवा १४३० को क्षेत्रमा रहेको देखिन्छ ।
आज बजार १४१३ दशमलव १० को विन्दुमा खुलेकोमा बजारको आजको न्यून विन्दु पनि त्यही रहेको छ। त्यस्तै आजको उच्च विन्दु र अन्तिम विन्दु पनि एउटै रहेको छ । आज बजारमा उच्च खरिदकर्ताको साथले बजारमा सकारात्मक दिशातर्फ उन्मुख भएको हो । लगानीकर्ताहरु प्रविधिमा अभ्यस्त हुँदै गएको र निकट भविष्यको लागि यो सकारात्मक संदेश रहेको छ।
आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोवार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २१ करोड ६० लाख बराबरको शेयर खरिदबिक्री भएको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंक, खानी खोला हाईड्रोपावर, आरएमडीसी लघुवित्त, घलेम्दी हाईड्रोपावर र गणपति लघुवित्त सर्वाधिक कमाउने ५ कम्पनी हुन भने सर्वाधिक गुमाउने ५ कम्पनीमा छ्याङदी हाइड्रोपावर, श्री इन्भेस्टमेन्ट फाइनान्स, मल्टिपर्पोज फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र राधी विधुत कम्पनी रहेका छन् ।
✍ प्राविधिक बिश्लेषण :
प्रतिरोध २ः १४७५ । प्रतिरोध १ः १४४० । टेवा १ः १४३० । टेवा २ः १४१०
✍ आज बजार खुलेदेखि अन्तिम समयसम्म बजार बढ्दो प्रवृत्तिमा रहेको छ । आजको मैनबत्तीले “बुलिस” मारुबोजु चित्र बनाएको छ। यसले बजारमा क्रेताको चाप रहेको संकेत गर्नका साथै अर्को कारोबार दिन पनि बजार सकारात्मक हुनसक्ने जानकारी दिएको छ ।
✍ आजको परिमाणले पनि बजारमा क्रेताको चाप अत्याधिक रहेको जानकारी दिएको छ। दैनिकी अवधिमा “आरएसआई” ५६ दशमलब ६२ को बिन्दुमा छ । यसको प्रवृत्तिले बजार अझ बढ्न सक्ने जानकारी दिएको छ।
✍ “एडीएक्स” र जोड / बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा क्रेताको चाप हुन थालेको संकेत गरेको छ । “अन ब्यालेन्स भल्यूम” ले बजारमा क्रेताको चाप हुन थालेको र बजार अझ सकारात्मक हुन सक्ने संकेत गरेको छ ।
✍ नेप्सेले आज १४१५ को प्रतिरोधलाई तोडेको छ र १४३० को प्रतिरोधलाई निश्चित रुपमा तोडन खोजको छ । बजार सकारात्मक देखिएकोले बजारमा १४७५ को क्षेत्रमा केही विक्रेताको चाप हुनसक्ने संकेत गरेको छ। हाल बजारको तत्कालिन टेवा १४३० को क्षेत्रमा रहेको देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार