काठमाडौंमा २८ हजारको परीक्षण गरिदै, संक्रमित १५ हजार पुग्ने !
नेपालबहस संवाददाता
भदौ ८, २०७७ मंगलबार ३:६:५२
८ भदौ, काठमाडौं । बढ्दो संक्रमणका क्रममा काठमाडौं उपत्यकामा कट्याक ट्रेसिङमा परेका झण्डै २८ हजारको परीक्षण गरिने भएको छ । काठमाडौं महागनरपालिकाले कट्याक ट्रेसिङमा परेका उनीहरुको परीक्षण थालिने बताएको हो ।
यससँगै अहिले बढ्दै गएको उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या १५ हजार पुग्ने अनुमान छ । सोमबार मात्रै काठमाडौं उपत्यकामा २२४ संक्रमित थपिएका थिए । पछिल्लो ८ दिनमा मात्र उपत्यकामा १५१९ संक्रमित थपिएका हुन् । संक्रमितको सख्ंया बढेसँगै ३ भदौबाट उपत्यकाका तीन वटै जिल्लामा निषेधाज्ञा जारी गरियो ।
निषेधाज्ञा जारी गरिएका बेला कट्याक ट्रेसिङमा परेका सबैको परीक्षण गर्ने महानगरको तयारी हो । यसले संक्रमण नियन्त्रण गर्न प्रभावकारी भूमिका खेल्ने महानगरको विश्वास छ । समूदायस्तरमै संक्रमण फैलिनसक्ने खतरालाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाइने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए ।
काठमाडौंँका १८ वटै पालिकामा तालिका बनाएर परीक्षण गरिने उनको भनाई छ । यो समाचार तयार पार्दासम्म काठमाडौं उपत्यकामा ३ हजार ४ सय ८६ जना कोरोना संक्रमित छन् ।
जसमा सबैभन्दा धेरै काठमाडौंमा २ हजार ७५६, ललितपुरमा ४ सय ४४ र भक्तपुरमा २ सय ८६ जना छन् । परीक्षणको दायरा बढाएमा उपत्यकामा संक्रमितको संख्या १५ हजार भन्दा धेरै पुग्ने विज्ञहरुको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
कात्तिक १७, २०८१ शनिबार
तिहारमा फेरियो देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
हुम्लामा चार दिनदेखि बालक बेपत्ता
कात्तिक १७, २०८१ शनिबार
वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्छौं : मन्त्री यादव
कात्तिक १७, २०८१ शनिबार
स्पेनमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २११ पुग्यो, प्रभावित क्षेत्रमा थप १० हजार सैनिक पठाइयो
कात्तिक १७, २०८१ शनिबार
बलिउड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को पहिलो दिन शानदार कमाई
कात्तिक १७, २०८१ शनिबार
भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डको १४३ रनको अग्रता
कात्तिक १७, २०८१ शनिबार