आन्तरिक उडान खोल्ने सरकारको तयारी
नेपालबहस संवाददाता
भदौ ९, २०७७ मंगलबार २२:५९:०
९ भदौ, काठमाडौं । सरकारले आन्तरिक उडान थाल्ने तयारी गरेको छ । पहिलो चरणमा हिमाली र पहाडी जिल्लामा गरेर आन्तरिक उडान थाल्ने तयारी गरिएको हो । दशैँ र तिहारलाई लक्षित गरेर उडान खोल्ने तयारी थालिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताएका छन् ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कोरोना संक्रमणको जोखिम कायमै रहेपनि अब विस्तारै अरु क्षेत्र खुल्ने भएकाले पहाडी तथा हिमाली जिल्लाका लागि काठमाडौंबाट आन्तरिक उडान थाल्ने तयारी गरेको बताएका हुन् । यद्यपि यसबर्ष कात्तिकमा दशैं र मंसिरमा तिहार परेको छ ।
तराईका जिल्लामा तत्काल उडान नखुलेपनि पहाड तथा हिमाली जिल्लाका लागि यसै हप्तादेखि उडान थाल्ने सरकारको योजना छ । यसका लागि मन्त्रिपरिषद बैठकमा प्रस्ताव लैजाने मन्त्री भट्टराईको भनाई छ । कोरोना जोखिम नियन्त्रणलाई शर्त बनाएर अर्को हप्तादेखि अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारी तयारी छ ।
आजदेखि भने विदेशमा अलपत्र नेपाली सशुल्क ल्याउनका लागि चार्टड उडान शुरू भइसकेको छ । कोरोना महामारीका कारण गएको चैत १० गतेदेखि बन्द आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा उड्डयन तथा पर्यटन क्षेत्रमा ठूलो असर परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचनमा ठूला दलकै वर्चश्व
मंसिर १७, २०८१ सोमबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
बाघको आक्रमणमा परी कञ्चनपुरमा एक गोठाला घाइते
मंसिर १७, २०८१ सोमबार
कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्रीले गरे स्वागत
मंसिर १७, २०८१ सोमबार