टोखाले प्रत्येक वडाका १०० व्यक्तिको पीसीआर परिक्षण गर्ने
नेपालबहस संवाददाता
भदौ ९, २०७७ बुधबार ०:०:१
९ भदौ, काठमाडौं । टोखा नगरपालिकाले प्रत्येक वडाका १०० व्यक्तिलाई पीसीआर परीक्षण गर्ने भएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको दर बढेसँगै काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाले अग्र भागमा खटिएर काम गर्ने प्रत्येक वडाका १०० व्यक्तिको पीसीआर परिक्षण गर्न लागेको हो ।
नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले बढी भीडभाड हुने खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पसल, माछामासु, फोहोरमैला सङ्कलनमा संलग्न व्यक्ति र कोभिड–१९ को लक्षण देखिएका व्यक्तिको पीसीआर परीक्षण गर्न लागेको जानकारी दिए । परीक्षणका लागि प्रत्येक वडामा विवरण सङ्कलन गर्न आग्रह समेत गरिएको छ । टोखा नगरपालिकाभित्र ११ वडा रहेका छन् ।
टोखाले हालसम्म एक हजार ४४७ जनाको पीसीआर परीक्षण गरिसकेको छ जसमध्ये १२० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । रिपोर्ट पोजेटिभ देखिएकामध्ये ५० जना निको भएर घर फर्किसकेका छन् । यस्तै दुई जना सम्पर्कविहिन छन् भने दुईजनाको मृत्यु भइसकेको र बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रवक्ता बस्यालले बताए ।
यही भदौ ७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अगाडि ८३ जनाको पीसीआर परिक्षण गरेकोमा ५५ जनाको नेगेटिभ, नौजनाको पोजेटिभ रिपोर्ट आएको थियो । उक्त रिपोर्टसँगै सङ्क्रमितको सङ्ख्या १२० पुगेको हो । उपत्यका नगरपालिका फोरमको सोमबार बसेको बैठकले उपत्यकाभित्रका स्थानीय तहमा कन्ट्याक ट्रेसिङ र पीसीआर परिक्षणलाई तीव्रता दिने निर्णय गरेअनुसार टोखामा पनि सो परीक्षणलाई तीव्रता दिन लागिएको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिए।
काठमाडौं उपत्यकाभित्र १८ स्थानीय तह रहेका छन् । उपत्यका नगरपालिका फोरमको तथ्याङ्कअनुसार काठमाडौं उपत्यकामा दुई हजार ७४६ सङ्क्रमित छन् । उक्त फोरमले भदौ १५ सम्म उपत्यकामा १५ हजारभन्दा बढीको पीसीआर परीक्षण गर्ने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
कात्तिक १७, २०८१ शनिबार
तिहारमा फेरियो देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
हुम्लामा चार दिनदेखि बालक बेपत्ता
कात्तिक १७, २०८१ शनिबार
वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्छौं : मन्त्री यादव
कात्तिक १७, २०८१ शनिबार
स्पेनमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २११ पुग्यो, प्रभावित क्षेत्रमा थप १० हजार सैनिक पठाइयो
कात्तिक १७, २०८१ शनिबार
बलिउड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को पहिलो दिन शानदार कमाई
कात्तिक १७, २०८१ शनिबार
भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डको १४३ रनको अग्रता
कात्तिक १७, २०८१ शनिबार