आजदेखि खोटाङ अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द
नेपालबहस संवाददाता
भदौ ९, २०७७ बुधबार १:७:३८
९ भदौ, खोटाङ । उपचार सम्भवन नभएपछि रेफर गरिएका बिरामीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि जिल्ला अस्पताल खोटाङमा आजदेखि आकस्मिक तथा प्रसूति बाहेकका सबै सेवा बन्द गरिएको छ । यहि भदौ ४ गते रेफर गरेर काठमाडौंस्थित पाटन अस्पताल पु¥याएकी एक किशोरीलाई सोमबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उनीसँग सम्पर्कमा आएका जिल्ला अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा समेत सङ्क्रमण फैलिएको आशङ्कामा उनीहरुको पीसीआर रिपोर्ट नआएसम्मका लागि आकस्मिक तथा प्रसूति बाहेकका सेवा बन्द गरिएको हो ।
बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी, कर्मचारीसहित ५६ जनाको नमूना सङ्कलन गरेर पिसिआर परीक्षण गर्न पठाइएकाले अर्को सूचना जारी नभएसम्मका लागि अस्पतालको आकस्मिक तथा प्रसूति बाहेकका सेवा बन्द गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख रवीनकुमार फुयाँलले बताए । “स्वास्थ्यकर्मी र कर्मचारीसँगै हाल आइसोलेशनमा बसिरहेका छ जना प्रहरीको पनि स्वाब परीक्षण गर्न विराटनगर पठाइएको छ”, उनले भने, “स्वास्थ्यकर्मी र कर्मचारीको पीसीआर रिपोर्ट आएपछि सोही आधारमा अस्पतालको सेवा सञ्चालन गरिनेछ ।”
ज्वरोको समस्यले बिरामी परेकी किशोरी भदौ २ गते उपचारका भर्ना भएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा शैलेस श्रेष्ठले बताए । “उनी विदेशबाट आएको पनि होइन, विदेशबाट आउने व्यक्तिसँग सम्पर्क भएका व्यक्ति पनि होइन भनिएको छ”, उनले भने, “यही आधारमा अस्पतालमा भर्ना गरेर उपचार गर्दा पनि सुधार नभएपछि काठमाडौं रेफर गरिएको थियो ।”
किशोरीसँगै जिल्लाबाट पीसीआर परीक्षणमा पठाइएकामध्ये २० जनालाई सङ्क्रमण भएको पुष्टि भएको छ । हालसम्म जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका छ जना, हलेसी तुवाचुङ नगरपालिकाका चार जना, ऐसेलुखर्क, बराहपोखरी र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका एक÷एक जना र विराटनगरबाट सरुवा भएर आएका छ जना प्रहरीलाई सङ्क्रमण पुष्टि भएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट पठाइएका ८५ जनामध्ये ८३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । पीसीआर परीक्षणमा पठाइएकामध्ये दुई जनाको रिपोर्ट आउन बाँकी रहेको नगरस्वास्थ्य शाखा प्रमुख तीर्थराज आचार्यले बताए । यसैबीच, विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न प्रहरीले ‘तपाईको मास्क खोइ ?’ अभियानलाई कडाइका साथ लागू गरेको छ । दश स्थानीय तह रहेको जिल्लामा प्रहरीले मास्क नलगाइ हिँडडुल गर्नेलाई अनिवार्य एक घण्टा सडकमै उभ्याउनुका साथै रु १०० जरिवाना गराउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
कात्तिक १७, २०८१ शनिबार
तिहारमा फेरियो देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
हुम्लामा चार दिनदेखि बालक बेपत्ता
कात्तिक १७, २०८१ शनिबार
वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्छौं : मन्त्री यादव
कात्तिक १७, २०८१ शनिबार
स्पेनमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २११ पुग्यो, प्रभावित क्षेत्रमा थप १० हजार सैनिक पठाइयो
कात्तिक १७, २०८१ शनिबार
बलिउड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को पहिलो दिन शानदार कमाई
कात्तिक १७, २०८१ शनिबार
भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डको १४३ रनको अग्रता
कात्तिक १७, २०८१ शनिबार