ओलीका सल्लाहकारको यो धन्दा, भ्रममा नपर्न सल्लाहकार डा. भट्टराईकाे आग्रह
नेपालबहस संवाददाता
भदौ १०, २०७७ बुधबार २०:३८:४६
१० भदौ,काठमाडौं । प्रधानमन्त्री केपी ओलीले च्यापेका अधिकांश नेता कार्यकर्ता द्रव्यपिसाच रहेको घटना एकपछि अर्काे गरी सार्वजनिक हुन थालेका छन् । चाहे ओम्नी र यति होल्डिङ काण्डका नायक रक्षामन्त्री ईश्वर पोखरेल हुन् की ७० करोड घुसको मोलमोलाई गर्ने पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा, ओलीको लागि पिलो नै सावित भएका छन् ।
स्वास्थमन्त्री भानुभक्त ढकाल र ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल नै किन नहुन् , यिनहरुको कामकारवाही पनि जनविरोधी देखिएका छन् । तर ओली भने यिनीहरुलाई काखी च्याप्न बाध्य छन् । ओलीकै आईटी विज्ञ अस्कर अलीको साइवरकाण्डले त नेपाली मिडियामा गज्जबकै स्पेस पाएको थियो । विभिन्न काण्डमा नाम मुछिएका यिनीहरु कारवाहीको घेराबाट सधैं उन्मुक्त छन् । किनभने ओलीको आशीर्वाद जो यिनका शीरमा छ ।
यसै श्रृँखलामा अर्काे नाम जोडिएको छ– ओलीकै अर्का सल्लाहकार डा. राजन भट्टराईको । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रहेका डा. भट्टराईले केही रकम प्राप्तिका लागि मुलुकको सूचना नै बेचेको आरोप लागेको छ र त्यो अहिले सामाजिक सञ्जाल र मिडियामा भाइरल भएको छ । केवल १५ लाख रुपैयाँको लागि उनले चीनलाई देशको गोप्य सूचना बेचेको आरोप लागेको हो । भारत नेपालबारे सन् १९५० को सन्धीबारे गरिएको अध्ययन प्रतिवेदन चीनलाई सुम्पिएवापत डा. भट्टराईले उक्त रकम हत्याएको आरोप उनीमाथि लागेको छ । भट्टराई उक्त समयमा नेपाल भारतबीचको वार्ताका लागि बनेको प्रवुद्ध समूहका सदस्यसमेत रहेका थिए ।
युरोपेली युनियन र अमेरिकी अन्तर्राष्ट्रिय एजेन्सीसँग काम गर्ने भन्दै उनले चीनसँग लिएको रकम भने श्रीमती गीता गौतमको नामबाट कुम्ल्याएका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ग्लोबल वाच एनालाइसिसका अनुसार, सन् २०१७ मा डा. भट्टराईले यस्तो बदमासी गरेका हुन् । उनले श्रीमती गीतालाई प्रोजेक्ट कोअर्डिनेटर बनाएर नेपाल चीन सम्बन्धबारे अध्ययन गर्न भन्दै १५ लाख रुपैयाँ हत्याएको उक्त संस्थाले जनाएको छ ।
उनले नेपाल–भारत सम्बन्धको अनुसन्धानका लागि भन्दै रकम लिइएको खुलासा भएको हो । यसरी रकम हात पार्न प्रोजेक्ट अब्जर्भरका रुपमा भने आफ्नै नाम राखेको देखिन्छ । साथै, यसरी प्राप्त रकम उनले नबिल बैंकमा रहेको आफ्नै नामको खाताको प्रयोग गरेका छन् । यति संवेदनशील विषयमा उनले गरेको फटाईंले नेपाल र चीनको सम्बन्ध नै विवादमा पारिदिएको छ । ओलीको राजनीतिक सल्लाहकार हुनुअघि उनी माधव नेपाल समूहमा थिए ।
पैसाका लागि जस्तोसुकै कर्म गर्न पछाडि नपर्ने तथा अर्काको नाममा प्रोजेक्ट लेख्दै नेपालको गोप्य सूचना विक्री गर्ने गरेको आरोप पनि उनी माथि लाग्ने गरेको छ । यो कामका लागि डा. भट्टराईले कहिलेकाहीं आफ्ना साढुभाई पत्रकार गोपाल खनाललाई समेत प्रयोग गर्ने गरेको स्रोतको दावी छ ।
भट्टराईकै कारण एपीजीको प्रतिवेदन पनि अलपत्र
पटक पटक सूचना बेचेको आरोप लाग्दै आएका नेपाल भारत प्रबुद्ध समूह ईपीजीको नेपालतर्फका सदस्य रहेका भट्टराईले नेपाल भारत सम्वन्धका बारेमा अध्ययन गर्न भनेर रकम लिए लगत्तै प्रबुद्ध समुहको प्रतिवेदन पनि विवादमा परेको छ ।
आफ्नो संस्थालाई सहयोग गरेको बदलामा भट्टराईले ईपीजीको केही आंशिक रिपोर्ट चीनियाँ पक्षलाई बुझाएको स्रोतको ठहर छ । भट्टराईले चिनियाँ दूतावासलाई बुझाएको प्रतिवेदनको केही अंश नेपाल भारत सम्बन्ध पुनरावलोकनका लागि गठित दुवै पक्षका प्रबुद्ध व्यक्तिहरू सम्मिलित कार्यदल ईपीजीको अन्तिम रिपोर्टबाट लिइएको बताइएको छ ।
ईपीजीको रिपोर्टको अंश चीनलाई चुहाएको आशंका पछि भारतले सो रिपोर्ट बुझ्न आनाकानी गरिरहेको इपीजी निकट स्रोतले जनाएको छ । ईपीजीपी, नेपाल–भारतबीच भएका सम्पूर्ण सन्धि–सम्झौता र सम्बन्ध पुनरावलोकनका लागि सुझाव पेस गर्न दुवै देशका तर्फबाट बनेको प्रबुद्ध समूह हो ।
परराष्ट्र मामिलामा शंकास्पद गतिविधि गर्दै आएकाे वात लागेका भट्टराई २०७५ कार्तिकतिर प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार भएका थिए । विगतमा भारतसँग निकट रहेको मानिएका उनले भारतकै जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् ।
सल्लाहकार डा. भट्टराईकाे भनाई
सामाजिक सञ्जाल र मिडियामा उक्त समाचार भाइरल भएपछि आज उनले फेसबुकमा छाेटाे प्रतिक्रिया जनाउँदै भारतीय एक मिडियामा आएको समाचारलाई पच्छ्याएर नेपालका केही अनलाइनहरुले आफ्नाे विषयमा गरेको अतिरञ्जित प्रचारमा सत्यता नभएकाे दावी गरेका छन् । “मैले राज्यको जिम्मेवारी लिइरहँदा जिम्मेवारीको मर्यादा र सीमालाई उल्लंघन गरेर देश र जनतालाई आघात पार्ने काम गरेको छैन्” उनले भनेका छन् । इपीजीको जिम्मेवारी लिएको बेला त्यसले निर्धारण गरेको आचारसंहिता र नियमलाई उल्लंघन हुने काम नभएकाे बताउँदै यस्ता दुष्प्रचारबाट भ्रममा नपर्न सबैमा अनुरोध पनि गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार