किसान प्राविधिक शिक्षालयमा गैह्रेको हाजिरीसँगै स्थानीबासीमा खुशी, नगरप्रमुख गिरिले गरे स्वागत
नेपालबहस संवाददाता
भदौ १०, २०७७ बुधबार १९:२३:१६
♦ दिवस भण्डारी
१० भदौ, स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका वडा न.१० किसानस्थित रहेको किसान प्राविधिक शिक्षालयमा नयाँ शिक्षालय प्रमुखका रुपमा मणिप्रसाद गैह्रे हाजिर भएका छन् । आज चापाकोट नगरपालिकाका नगरप्रमुख शिवकुमार गिरिले गैह्रेलाई किसान प्राविधिक शिक्षालयमा स्वागत गरेका हुन् ।
स्वागतको क्रममा नगरप्रमुख गिरिले किसान प्राविधिक शिक्षालय चापाकोटको गहना भएको र यो शिक्षालयमा भोलिका देशका कर्णधार उत्पादन गर्ने जिम्मेवारी तपाईको हातमा भएको भन्दै मणिप्रसाद गैह्रे समक्ष मिलेर काम गर्न अनुरोध गरेका थिए ।
नयाँ जोश र जागरका साथ किसान प्राविधिक शिक्षालय प्रवेश गरेको र सबैसँग हालेमालो गर्दै अगाडि बढ्न आफु इच्छुक रहेको गैह्रेले बताएका छन् ।
सीटीईभीटी अन्तरगतको आङ्गिक शिक्षालय अन्तरगत रहेको किसान प्राविधिक शिक्षालयको प्रमुखमा गैह्रे हाजिर भएसङ्गै स्थानीयबासीमा अब शिक्षालयले मुहार फेर्ने भयो भन्दै हर्षित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
२३ पालिकाका निमित्त प्रशासकीय अधिकृतहरुको जिम्मेवारी खोसियो, (हेर्नुहोस् सूची)
माघ १०, २०८१ बिहिबार
असनमा आगलागीबाट रु ३५ लाखको क्षति
माघ १०, २०८१ बिहिबार
सप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
नागढुंगाबाट ब्राउनसुगरसहित एक भारतीय गरी ३ जना पक्राउ
माघ १०, २०८१ बिहिबार