आक्रामक वृद्धि हुँदै शेयरबजार, कहाँ निर छ पहिलो र मुख्य प्रतिरोध ?
आर्थिक संवाददाता
भदौ १०, २०७७ बुधबार २२:१५:३४
१० भदाै, काठमाडाैं । शुरुवाती समयमा आक्रामक रुपमा शेयरबजार वृद्धि नभएपनि १ बजे पश्चात भने शेयरबजार आक्रामक रुपमा वृद्धि भएको हुँदै बजारमा २१ अङ्कको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक १ दशमवल ४६ प्रतिशतले वृद्धि भएको छ । १८६ कम्पनीको शेयर कारोवार हुँदा २ अर्ब ६५ करोडको शेयर कारोवार भएको छ । कारोवार रकम राम्रै रहेको छ ।
नेप्से परिसूचक २१ दशमलव १० अंकले वृद्धि हुँदै १४६२ दशमलव ०३ को विन्दुमा बन्द भएको छ । केही समयदेखि गरेको बिश्लेषण अनुसार बजार सकारात्मक रहेको र बजारले अब १४७५ को प्रतिरोधलाई सामना गर्नुपर्ने देखिन्छ । यदि बजार १४७५ भन्दा माथि स्थिर रहेमा बजार अझ सकारात्मक हुन सक्ने संकेत गर्नुका साथै अर्को मुख्य प्रतिरोध १५५० को क्षेत्रमा रहेको देखिन्छ ।
आज बजार १४४५ दशमलव १९ को विन्दुमा खुलेकोमा बजारले २ बजेर १६ मिनेटमा १४६८ दशमलव ०४ को उच्च विन्दु सम्म पुगेको थियो ।
आज नेपाल पुनर्बीमा कम्पनीको शेयर सर्वाधिक कारोवार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ३४ करोड ९३ लाख बराबरको शेयर खरिद बिक्री भएको छ ।
नेपाल फाइनान्स , नेपाल पुनर्बीमा कम्पनी, स्वाभिमान लघुवित्त, नेपाल इन्भेस्टमेन्ट बैंक सस्थापक शेयर र प्रभु बैंक सर्वाधिक कमाउने ५ कम्पनी हुन भने सर्वाधिक गुमाउने ५ कम्पनीमा सम्वृद्धि फाइनान्स, गुवेश्वोरी फाइनान्स, आँखुखोला जलविधुत कम्पनी, अरुण काबेली पावर र जोशी हाईड्रोपावर रहेका छन्।
✍ प्राविधिक बिश्लेषण :
प्रतिरोध २ः १५५० । प्रतिरोध १ः १४७५ । टेवा १ः १४३० । टेवा २ः १४१०
✍ आज कारोबारको पहिलो समयमा शेयर बजार प्रवृत्तिहिन रहे पनि पछिल्लो समयमा बजार बढ्दो प्रवृत्तिमा रहेको थियो। केही समयदेखि भन्दै आएको १४७५ को प्रतिरोध क्षेत्र नजिक बजार आएको छ। आज बजार १४६८ दशमलब ०४ बिन्दुसम्म पुगे पनि त्यसपछि केहि सच्चिएको छ। आजको मैनबत्तीले पनि “बुलिस” चित्र बनाएको छ।
✍ आजको परिमाणले बजारमा क्रेताको चाप रहेकोले यसले थप सकारात्मक संकेत दिएको छ।
✍ दैनिकी अवधिमा “आरएसआई” ६२ दशमलब २३ को बिन्दुमा छ। यसको प्रवृत्तिले बजार अझ बढ्न सक्ने जानकारी दिएको छ।
✍ “एडीएक्स” र जोड /बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा क्रेताको चाप रहेको संकेत गरेको छ। “अन ब्यालेन्स भल्यूम” ले बजारमा क्रेताको चाप रहेको जानकारी दिएको छ।
✍ केही समयदेखि गरेको बिश्लेषण अनुसार बजार सकारात्मक रहेको र बजारले अब १४७५ को प्रतिरोधलाई सामना गर्नु पर्ने देखिन्छ। यदि बजार १४७५ भन्दा माथि स्थिर रहेमा बजार अझ सकारात्मक हुन सक्ने संकेत गर्नुका साथै अर्को मुख्य प्रतिरोध १५५० को क्षेत्रमा रहेको देखिन्छ। हाल बजारको तत्कालिन टेवा १४३० को क्षेत्रमा रहेको देखिन्छ।
नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला !
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार