सशस्त्र प्रहरीको गोली लागेर झापामा १ जनाको मृत्यु
नेपालबहस संवाददाता
भदौ १०, २०७७ बिहिबार ३:४६:५४
१० भदौ, झापा । झापा गाउँपालिका वडा नं ३ कामाटोलीमा गौहत्याका आरोपितलाई छुटाउन प्रहरी टोलीमाथि स्थानीयवासीबाट हातपात भएपछि स्थिति नियन्त्रणका लागि गोली चलाउँदा एक व्यक्तिको निधन भएको छ । घाइते ३८ वर्षीय सरिकुल आलमलाई उपचारका लागि बिर्तामोडको बिएन्डसी हस्पिटलमा भर्ना गरिएकामा आज बेलुकी ९ बजेतिर मृत्यु भएको हो । आलमको पेटमा गोली लागेको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार आज अपराह्न गोरु काटेका आरोपमा प्रहरीले स्थानीय दुई व्यक्तिलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय कुमरखोदमा राखेको थियो । साँझ ती व्यक्तिलाई जिल्लामा लैजाँदै गर्दा इप्रकाभन्दा तीन किलोमिटर उत्तर बाटामा पर्ने कामाटोली बजारमा स्थानीयवासीको उत्तेजित समूहले ढुङ्गामुढासहित प्रहरीमाथि हातपात गरेको थापाले बताए ।
प्रहरीको गाडीको चाबीसमेत खोसेर स्थानीयवासीको एउटा समूहले प्रहरीमाथि हातपात गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जनाइएको छ । सम्झाउँदा नमानेपछि प्रहरीले हवाई फायर गरी स्थिति नियन्त्रणमा लिने प्रयास गरेको तर झन् उत्तेजित भएर प्रहरीमाथि नै हातपात हुन थालेपछि गोली चलाउनुपरेको प्रहरीको भनाइ छ ।
गाउँपालिकाका अध्यक्ष जयनारायण साहले घटनाका कारण कामाटोली बजार तनावग्रस्त रहेको बताए । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार