आगामी बर्षदेखि सबै स्कुल र कलेजमा फिल्म पढ्न पाउने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
भदौ ११, २०७७ बिहिबार १९:२१:२
![](https://nepalbahas.prixacdn.net/media/albums/film-development-board_tcsXINwWdv.jpg)
११ भदौ, काठमाडौं । नेपाली फिल्मको इतिहास पाँच दशक भन्दा बढि पुरानो छ । यो कालखण्डमा नेपाली फिल्मले केही फड्को अवश्य मारेको छ । तर, जति परिवर्तन हुनुपर्ने हो त्यो भने हुन सकेको छैन । शुरुको दशकदेखि अहिलेसम्म आउँदा प्रविधिमा केही परिवर्तन देखिएको छ । फिल्मको कथा वाचन शैलीमा केही परिवर्तन आएको छ ।
नेपाली फिल्म हेर्ने संस्कार भने शुरुको दशकभन्दा अहिले कम हुदै गईरहेको छ । नेपाली फिल्म क्षेत्रमा अध्ययन गरेर भन्दा हेरेर, देखेर र सिकेर आएका फिल्मकर्मीहरु धेरै छन् । पछिल्लो समय नेपाली फिल्मकर्मीहरुको विवाद हेर्दा लाग्छ फिल्म क्षेत्र सबै भन्दा अबुझ क्षेत्र झै लाग्छ ।
फिल्म क्षेत्रमा कोही पनि फिल्मकर्मी सचेत हुनुपर्ने मानसिकताका छैनन् । त्यसको प्रमूख कारण फिल्म क्षेत्रले शुरुवाती दिनदेखि दिन नसकेको संस्कार र शिक्षा हो । यी कुराहरुमा परिवर्तन ल्याउन, आम मानिसमा नेपाली फिल्मको इतिहास र ज्ञान बढाउन चलचित्र विकास बोर्डले नयाँ योजना अघि सारेको छ । चलचित्र विकास बोर्डको पहलमा नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई पाठ्यक्रम निर्माण समितिको पदेन सदस्यको रुपमा आमन्त्रित गरेका छन् ।
समितिले कोरोना प्रभाव हट्ने बितिकै आगामी बर्षका लागि पाठ्यक्रम निर्माण गर्ने कार्य शुरु गरिनेछ । आगामी बर्षदेखि विद्यालय स्तरबाटै फिल्म वारे पढ्न पाईने विकास बोर्डको जनाएको छ । निमावी तहदेखि कलेज र सबै क्याम्पसहरुमा फिल्म वारे शिक्षा शुचारु गर्न सके नेपाली कला, संस्कृति र साहित्यको महत्व बढ्नेछ । नेपाली फिल्मको संस्कर बढ्नेछ । फिल्मको इतिहास जिवित रहनेछ । प्रत्यक्ष अप्रत्यक्ष नेपाली फिल्मको दर्शक बढ्नेछ ।
अबका दिनमा व्यवसायिक शिक्षाहरु आवश्यक रहेको यकिन गर्दै पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रममा फिल्मलाई समेट्न लागिएको हो । शुरुमा विद्यालयस्तर र त्रिभुवन विश्व विद्यालय अन्तर्गतका पाठ्यक्रममा फिल्मलाई समेट्ने तयारी गरिएको छ । त्यसपछि सबै विद्यालय र कलेजहरुमा फिल्मको विषय पनि पढ्न सकिनेछ । यसले भविष्यमा गएर फिल्मप्रति रुची हुने विद्यार्थीलाई पहिलेदेखि नै लगाव राख्ने र तयारी गर्ने निश्चित रहन्छ, पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव प्रसाद दाहालले बताए ।
विकास बोर्डका अनुसार स्कुल तहदेखि नै फिल्मको ईतिहास, साहित्यीक पक्ष र प्राविधिक पक्षको ज्ञान जरुरी रहेकोले यसको पहल गरेको बताए । उनका अनुसार ढिलोचाँडो यसको शुरुवात हुदैछ । यो चलचित्र विकास बोर्डको लागि मात्र हैन, आम नेपालीहरुको लागि सुखद् पक्ष पनि हो । फिल्मबाटै नेपाली कला, संस्कृतिको संरक्षण र प्रवद्र्धन तथा पर्यटन प्रवद्र्धनको लागि पनि यो आवश्यक रहेको बोर्डले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
असार १७, २०८१ सोमबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार