कञ्चनपुरमा उच्च ज्वरोले मृत्यु हुनेको संख्या ६ पुग्यो
नेपालबहस संवाददाता
भदौ ११, २०७७ शुक्रबार १:१४:२२
११ भदौ, महेन्द्रनगर । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण मृत्यु हुनेको सख्या ६ पुगेको छ । यसअघि दिउँसोसम्म एक हप्तामा ४ जनाको मृत्यु भएको थियो ।
उच्च ज्वरो आएर मृत्यु हुनेमा माहाकाली नगरपालिका–५ का ६५ बर्षका गम्भीर सिंह भण्डारी, वडा नम्बर ४ का २१ बर्षका प्रेम चन्द, वडा नम्बर ३ का ३० बर्षका मान बहादुर सुनार, वडा नम्बर ६ की १४ बर्षकी पूजा बोगटी, वडा नम्बर ३ का ७५ बर्षका तुल सिंह थापा, वडा नम्बर ३ का ३८ बर्षका रतन बुढा मगर र वडा नम्बर १ का २५ बर्षका मोहन परियार रहेका छन् ।
मृतकहरु सबैमा १० दिन अघिदेखि १०३ डिग्रीसम्म ज्वरो आएको अस्पतालले जनाएको छ । स्थानीय दोधारा स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्दा थप उपचारका लागि उनीहरुलाई कैलालीको धनगढीमा रहेको सेती अञ्चल अस्पताल पठाइएको यिो । तर उनीहरुको उपचारकै क्रममा मृत्यु भएको महाकाली नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख जय बहादुर महराले बताए ।
मृत्यु भएकामध्ये एक जनाको कोरोना परीक्षण गरिएको थियो । उनको रिर्पोट नेगेटिभ आएपछि अरुको पनि कोरोनाका कारण मृत्यु नभएको भन्दै अस्पताल तथा नगरपालिका पन्छिएको छ ।
उच्च ज्वरो आएकाले उनीहरु जापनीज ईन्सेफलाइटिसबाट संक्रमित भएर ज्यान गुमाएको हुन सक्ने अनुमान गरिएको छ । यद्यपी मृत्युको ठोस कारण भने अहिलेसम्म खुलेको छैन् । बिरामी भएका अरु २ जनको उपचार भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
कात्तिक १७, २०८१ शनिबार
तिहारमा फेरियो देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
हुम्लामा चार दिनदेखि बालक बेपत्ता
कात्तिक १७, २०८१ शनिबार
वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्छौं : मन्त्री यादव
कात्तिक १७, २०८१ शनिबार
स्पेनमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २११ पुग्यो, प्रभावित क्षेत्रमा थप १० हजार सैनिक पठाइयो
कात्तिक १७, २०८१ शनिबार
बलिउड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को पहिलो दिन शानदार कमाई
कात्तिक १७, २०८१ शनिबार
भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डको १४३ रनको अग्रता
कात्तिक १७, २०८१ शनिबार