स्वास्थ्यकर्मीको पीसीआर नेगेटिभ आएपछि अस्पतालको सेवा पुनः सञ्चालन
नेपालबहस संवाददाता
भदौ ११, २०७७ शुक्रबार ०:५३:१६
११ भदौ, खोटाङ । सङ्क्रमित किशोरीको सम्पर्कमा रहेका स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि जिल्ला अस्पतालको सम्पूर्ण सेवा पुनः सञ्चालनमा ल्याइएको छ । अस्पतालबाट रेफर गरिएकी एक किशोरीमा कोरोना सङ्क्रमण देखिएपछि यहि भदौ ९ गतेदेखि बन्द गरिएको अस्पतालको नियमित सेवा आज साँझ सङ्क्रमित किशोरीको सम्पर्कमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि पुनः सञ्चालनमा ल्याइएको हो ।
यहि भदौ २ गते जिल्ला अस्पताल भर्ना भएकी किशोरीको जिल्लामा उपचार सम्भव नभएपछि भदौ ४ गते थप उपचारका लागि काठमाडौं स्थित पाटन अस्पताल रिफर गरिएको थियो । काठमाडौंको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पाटन अस्पतालमा भर्ना गरेर उपचार शुरु गरिएकी किशोरीको भदौ ९ गते पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
झाडापखाला तथा ज्वरोका कारण बिरामी परेर रेफर गरिएकी किशोरीलाई कोरोना पुष्टि भएपछि जिल्ला अस्पतालले सूचना जारी गर्दै आकस्मिकबाहेक आफ्ना सबै सेवा बन्द गरेको थियो । तेस्रो पटक परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट निस्किएर काठमाडौँमै रहेकी सङ्क्रमित भनिएकी किशोरीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ ।
किशोरीको उपचारमा संलग्न अस्पतालका स्वास्थ्यकर्मीसहित ५६ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको अस्पतालका कार्यालय प्रमुख रवीनकुमार फुयाँलले बताए । सबै जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै अस्पतालले सूचना प्रकाशन गरेर बन्द रहेको सेवा पुनः शुरु गरिएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
कात्तिक १७, २०८१ शनिबार
तिहारमा फेरियो देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
हुम्लामा चार दिनदेखि बालक बेपत्ता
कात्तिक १७, २०८१ शनिबार
वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्छौं : मन्त्री यादव
कात्तिक १७, २०८१ शनिबार
स्पेनमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २११ पुग्यो, प्रभावित क्षेत्रमा थप १० हजार सैनिक पठाइयो
कात्तिक १७, २०८१ शनिबार
बलिउड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को पहिलो दिन शानदार कमाई
कात्तिक १७, २०८१ शनिबार
भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डको १४३ रनको अग्रता
कात्तिक १७, २०८१ शनिबार