सप्तरीमा पछिल्लो दुई दिनमा ३७ जन संक्रमित थपिए
नेपालबहस संवाददाता
भदौ ११, २०७७ शुक्रबार १:२०:४१
◊ धीरुभाइ
११ भदौ, सप्तरी । सप्तरीमा दुई दिन यता थप ३७ जनामा कोरोना संक्रमण भेटिएको छ । राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालले बिहीबार र बुधबार सार्वजनिक गरेको रिपोर्ट अनुसार ३७ जनामा कोरोना संक्रमण भेटिएको हो । बिहीबार पाँच र बुधबार ३२ जनामा कारोना भेटिएको छ ।
बिहीबार राजविराज नगरपालिका ४ का २८ वर्षीया महिला, तिलाठी कोइलाडी गाउँपालिका ६ का ४६ वर्षीय पुरुष तथा वडा नं. ७ का ५६ र ६० वर्षीय पुरुष र ४५ वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरी बुधबार साँझ सार्वजनिक गरेको रिपोर्ट अनुसार राजविराज नगरपालिका ७ का ५७ र ४३ वर्षीय पुरुष, वडा नं. १ का ६० वर्षीया पुरुष, वडा नं. ४ का २२ वर्षीया महिला तथा २२, २९ र ७७ वर्षीय पुरुष, वडा नं. ६ का २३, ४१ र ५७ वर्षीया महिला तथा २३ र २५ वर्षीया पुरुषमा संक्रमण भेटिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।
अस्पतालले उक्त दुई दिनमा कुल २५१ जनाको रिपोर्ट सार्वजनिक गरेको थियो । यससँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ७७४ पुगेको छ । जसमध्ये बिहीबार दिउँसोसम्म ५४४ जना उपचारपछि डिस्चार्ज भएका छन् भने पाँच जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
राजविराज स्थित साईकृष्ण मेडिकल कलेज भवनको आइसोलेसन केन्द्र, तिलाठि कोइलाडी गाउँपालिका २ स्थित आइसोलेसन केन्द्र र होम आइसोलेसन गरी जम्मा २२० जना उपचाररत रहेको निमित्त कार्यालय प्रमुख यादवले जानकारी दिए ।
यसअघि बुधबारै दिउँसो २० जनामा कोरोना संक्रमण पाइएको थियो । अस्पतालले सार्वजनिक गरेको रिपोर्ट अनुसार राजविराज नगरपालिका ४ का ३० वर्षीय पुरुष, हनुमाननगर कंकालिनी नगरपालिका १ का ५५, १५ र १४ वर्षीया महिला, ३५, २२, ६० र ४५ वर्षीय पुरुष, वडा नं. १० का १७, ५४, १६, ३०, ६६, ४३, ५५ र ३० वर्षीय पुरुष, वडा नं. १२ का ३१, ३१ र ३८ वर्षीय पुरुष तथा वडा नं. २ का २५ वर्षीयमा कोरोना संक्रमण पाइएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । दिउँसो ९९ जनाको रिपोर्ट सार्वजनिक गरेको थियो । अन्य ७९ जनाको रिपोर्ट नेगेटिभ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
कात्तिक १७, २०८१ शनिबार
तिहारमा फेरियो देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
हुम्लामा चार दिनदेखि बालक बेपत्ता
कात्तिक १७, २०८१ शनिबार
वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्छौं : मन्त्री यादव
कात्तिक १७, २०८१ शनिबार
स्पेनमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २११ पुग्यो, प्रभावित क्षेत्रमा थप १० हजार सैनिक पठाइयो
कात्तिक १७, २०८१ शनिबार
बलिउड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को पहिलो दिन शानदार कमाई
कात्तिक १७, २०८१ शनिबार
भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डको १४३ रनको अग्रता
कात्तिक १७, २०८१ शनिबार