एक सञ्चारकर्मीसहित दुई जनामा कोरोना सङ्क्रमण पुष्टि
नेपालबहस संवाददाता
भदौ १२, २०७७ शुक्रबार २१:५१:५०
१२ भदौ ,लमजुङ । जिल्लाको एक मिडियामा कार्यरत २७ वर्षीय पुरुषलाई आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित सञ्चारकर्मीसहित दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सङ्क्रमित हुनेमा बेँसीशहर नगरपालिका–८ बस्ने २७ वर्षीय पुरुष र मस्र्याङ्दी गाउँपालिका–४ का ३१ वर्षीय महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । सङ्क्रमित महिला भने करिब पाँच दिनअघि भारतबाट आएका थिए । उनी पालिकाको क्वारेन्टाइन बसेका थिए ।
सङ्क्रमित सञ्चारकर्मीलाई बेँसीशहर नगरपालिका–७ मा रहेको शहरी विकास भवनमा निर्माण गरिएको आइसोलेशन र महिलालाई भने बेँसीशहरमै रहेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
जिल्लामा हालसम्म ११ महिलासहित १४५ जना कोरोना सङ्क्रमित भएकामध्ये नौ जना महिलासहित १११ जनाले कोरोना जितेर घर फर्किसकेका छन् । हाल दुई महिला र ३२ जना पुरुष गरी ३४ जना जिल्लाको विभिन्न आइसोलेशनमा उपचारत रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण सुरु
मंसिर १६, २०८१ आइतबार
सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार