भक्तपुरमा संक्रमित पुरुषको मृत्यु
नेपालबहस संवाददाता
भदौ १२, २०७७ शनिबार ०:५१:२२
१२ भदौ, भक्तपुर । निमोनिया भएर उपचारका लागि भक्तपुर अस्पताल आएका एक बिरामीको कोभिड–१९ कोरोना भाइरस सङ्क्रमणबाट आज मृत्यु भएको छ । भक्तपुर नगरपालिका–३ मंगलाछेका एक ८२ वर्षीय पुरुषको मृत्यु भएको हो । उपचारका क्रममा मृत्यु भएका ती पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए ।
अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले निमोनिया भएर बिहीबार दिउँसो उपचारका लागि ल्याइएका पुरुषको उपचारका क्रममा आज मृत्यु भएको जानकारी दिइन । बिरामीको बिहबिार नै स्वाब सङ्कलन गरेर पीसीआर परीक्षणका लागि पठाएको र आज आएको रिपोर्टमा सङ्क्रमण पुष्टि भएको उनले बताइन ।
मृतकमा सङ्क्रमण पुष्टि भएपछि उक्त उपचार कक्ष बन्द गरिएको उहाँले जानकारी दिनुभयो । अस्पतालमा हरेक दिन भाइरस निर्मलीकरण गर्ने गरिएको र मृतकको उपचार भएको उक्त कक्षमा पनि निर्मलीकरण गर्नुका साथै तीन दिन सो कक्ष बन्द गरी उपचारमा संलग्न चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीलाई आइसोलेसनमा राखिने उनले बताइन।
सुरक्षाकर्मीले मंगलाछेस्थित मृतक बस्ने क्षेत्र सिल गरी परिवारलाई घरमै आइसोलेसनमा राखेको र कन्ट्याक्ट टे«सिङ गर्ने काम भइरहेको बताइएको छ । यसअघि मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारका लागि ल्याइएका स्थानीय ६२ वर्षीया एक महिलाको गएराती पौने १०ः०० बजे मृत्यु भएको थियो ।
दम र उच्च रक्तचापको बिरामी रहेकी महिला घरमा बेहोस भएपछि अस्पताल पु¥याउँदा मृत्यु भइसकेको र कोरोनाको लक्षण देखिएकाले पीसीआर परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको थियो । दुवै शवको आजै नेपाली सेनाको वीर दल गण सूर्यविनायकको टोलीले पशुपतिस्थित विद्युतीय शवदाह गृहमा व्यवस्थापन गरेको गणका गणपति कर्नेल शिव पौडेलले जानकारी दिए ।
भक्तपुरमा यसअघि कोरोना भाइरस सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । सोमध्ये सूर्यविनायक नपा १ की ६१ वर्षीया महिलाको उपचारका क्रममा पाटन अस्पतालमा, सूर्यविनायक नपा ८ का ७३ वर्षीय पुरुषको काठमाडौंको मेडिकेयर अस्पतालमा र ५३ वर्षीया महिलाको काभ्रेको धुलिखेल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । आजसम्म भक्तपृुरमा ४२९ जना कोरोना सङ्क्रमित भएका छन् भने पाँच जनाको मृत्यु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
कात्तिक १७, २०८१ शनिबार
तिहारमा फेरियो देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
हुम्लामा चार दिनदेखि बालक बेपत्ता
कात्तिक १७, २०८१ शनिबार
वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्छौं : मन्त्री यादव
कात्तिक १७, २०८१ शनिबार
स्पेनमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २११ पुग्यो, प्रभावित क्षेत्रमा थप १० हजार सैनिक पठाइयो
कात्तिक १७, २०८१ शनिबार
बलिउड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को पहिलो दिन शानदार कमाई
कात्तिक १७, २०८१ शनिबार
भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डको १४३ रनको अग्रता
कात्तिक १७, २०८१ शनिबार