बन्दाबन्दीमा हजार सवारीसाधन कारबाहीमा
नेपालबहस संवाददाता
भदौ १३, २०७७ शनिबार २१:३७:४४
१३ भदौ, महेन्द्रनगर । सरकारले आह्वान गरेको लकडाउनमा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ३३१ सवारी साधनमाथि ट्राफिक प्रहरले कारबाही गरेको छ । बन्दाबन्दीका बेला जथाभावी सवारी साधन सञ्चालन गर्नेमाथि निगरानी बढाउनाका साथै कारबाहीको दायरामा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश केसीले लकडाउन थालिएको गत चैत महिनायता हालसम्म सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेको बताए । ट्राफिकका अनुसार बितेको पाँच महिनामा यहाँ ९३ बस, ५६ ट्रक, १८७ जीप, १६७ ट्र्याक्टर र ७६५ मोटरसाइकल कारबाहीमा परेका छन् । “अटोलगायत अन्य ५३ वटा सवारी साधनलाई पनि कारबाही गर्दै जरिवाना गरिएको छ”, उनले भने, “बन्दाबन्दीमा विभिन्न स्थानमा पुगेर कोरोना भाइरसबाट बच्न स्वास्थ्य सतर्कता अपनाउन र मास्कलगायत साधन प्रयोग गर्ने खालका जनचेतनामूलक कार्यक्रम गरिए ।”
सवारी कारबाहीबाट ट्राफिक प्रहरीले रु सात लाख ८२ हजार राजश्वसमेत सङ्कलन गरेको प्रहरी निरीक्षक केसीले बताए। त्यसैगरी कोरोना कहरमा पश्चिमीनाका गड्डाचौकी हुँदै भारतको विभिन्न ठाउँबाट स्वदेश फर्किएका नेपालीलाई घरसम्म पठाउने सवारी साधन व्यवस्थापनमा ट्राफिक प्रहरी जुटेको थियो ।
त्यस्तै बन्दाबन्दीमा कञ्चनपुरमा २३ वटा सवारी दुर्घटनामा परी आठ पुरुष र एक महिला गरी नौ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । “दुर्घटनामा लकडाउनका समय ४७ जना घाइते भएका छन् ।” उनले भने, “अहिले पनि हामी फिल्डमा जोरबिजोर कडाइका साथ लागू गरिरहेका छौँ ।”
यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेयता मास्क नलगाएर हिँड्डुल गर्ने व्यक्तिलाई कारबाही गरिरहेको छ । “बन्दाबन्दीका बेला पनि मास्क नलगाएर हिँड्नेलाई प्रहरीले कारबाही गरेको थियो”, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, “निषेधाज्ञा जारी भएपछि पनि बजार क्षेत्रमा कडाइ गर्दै लगिएको छ ।”
प्रहरीले निषेधाज्ञा जारी भने, “जोरबिजोर उल्लङ्घन गर्ने ६४ वटा सवारी साधन पनि कारबाहीमा परेका छन् ।” उहाँले शुरुआती चरणमा ७७२ साना तथा ठूला सवारीसाधन सम्झाईबुझाई छाडिएको बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनब्बे लाख बराबरको औषधीजन्य सामाग्रीहरूसहित ट्रक नियन्त्रणमा
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार