भरतपुर कोरोना अस्पतालको विषयमा मुख्यमन्त्री पौडेलको चासो
नेपालबहस संवाददाता
भदौ १४, २०७७ सोमबार ०:३२:२२
१४ भदौ, वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना विशेष अस्पताल, भरतपुरको वास्तविकता जान्न इच्छुक रहेको बताएका छन । हेटौँडामा आज भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल तथा भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीसँगको भेटमा मुख्यमन्त्री पौडेलले उक्त अस्पतालको सामान चोरी भएको भन्दै सार्वजनिक भएको भिडियोका बारेमा चासो राखेका थिए ।
जवाफमा प्रमुख दाहाल र अस्पतालका अध्यक्ष अधिकरीले अस्पतालको सामान चोरी भएको नभइ स्थानान्तरण गरिएको बताएका थिए। चितवनमा कोरोना सङ्क्रमण तीव्र भएपछि नियन्त्रणबारे छलफल गर्न पौडेलले प्रमुख दाहाल र अस्पतालका अध्यक्ष डा अधिकारीलाई हेटौँडा बोलाए ।
भेटमा मुख्यमन्त्री पौडेलले कोरोना नियन्त्रणका लागि सरकार लागि परेको बताउँदै महानगरलाई पनि विभिन्न हिसाबले सहयोग गर्ने उल्लेख गरे । उनले प्रदेश सरकारले प्रदेश मातहतका सबै अस्पतालमा आवश्यकताअनुसार स्वास्थ्य सामग्री पु¥याइएको र अभाव हुन नदिने उल्लेख गरे । पौडेलले अनावश्यक मान्छेले पीसीआर परीक्षण गरिरहेको भन्दै त्यसलाई रोक्नुपर्ने धारणा राखे । उनले लक्षण भएका र कोरोना सङ्क्रमितहरुसँग प्रत्यक्ष सम्पर्क भएका तथा चिकित्सकको सल्लाहअनुसार मात्रै कोरोना परीक्षण हुनुपर्नेमा जोड दिए । पौडेलले आफ्नो क्षेत्राधिकारअनुसार सबै निकायले काम गर्नुपर्ने उल्लेख गरे ।
भेटमा नगर प्रमुख दाहालले भरतपुर महानगरपालिकाले सञ्चालन गर्न लागेको आइसोलेशन केन्द्र तथा नयाँ पीसीआर मेसिन खरिदका लागि बजेट माग गरेकी थिइन । उनले भरतपुरमा कोरोना महामारीको अवस्था भयावह हुने देखिएकाले परीक्षणको दायरा बढाउनुपर्ने अवस्था आएको, कोरोना परीक्षणको रिपोर्ट समयमै दिन नसक्दा जनआक्रोश बढेको लगायतको समस्या राखिन ।
दाहालले महानगरले भरतपुरको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय बागेश्वरीमा आइसोलेशन केन्द्र सञ्चालनका लागि रु एक करोड माग गरेकी थिइन । छलफलमा डा भोजराज अधिकारीले विगतमा कोरोना सङ्क्रमित देखिए पनि हाल लक्षण भएका बिरामी देखिन थालेकाले चिन्ता व्यक्त गरिन । उनले भरतपुरमा १० जना सङ्क्रमित भेण्टिलेटरमा रहेको जानकारी दिइन । डा अधिकारीले चितवनमा १८ हजार नमूना परीक्षण गरिएको बताउँदै चितवनका १८ प्रतिशत स्वास्थ्यकर्मी सङ्क्रमित भएको जानकारी दिए । कोरोना परीक्षणका लागि स्वचालित मेसिन खरिद गर्न पर्ने उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
कात्तिक १७, २०८१ शनिबार
तिहारमा फेरियो देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
हुम्लामा चार दिनदेखि बालक बेपत्ता
कात्तिक १७, २०८१ शनिबार
वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्छौं : मन्त्री यादव
कात्तिक १७, २०८१ शनिबार
स्पेनमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २११ पुग्यो, प्रभावित क्षेत्रमा थप १० हजार सैनिक पठाइयो
कात्तिक १७, २०८१ शनिबार
बलिउड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को पहिलो दिन शानदार कमाई
कात्तिक १७, २०८१ शनिबार
भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डको १४३ रनको अग्रता
कात्तिक १७, २०८१ शनिबार