चन्द्रागिरिमा कोरोना सङ्क्रमितको सङ्ख्या ९१ पुग्यो
नेपालबहस संवाददाता
भदौ १४, २०७७ सोमबार ०:४१:४९
१४ भदौ, काठमाडौं । चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ९१ पुगेको छ । काठमाडौं उपत्यका प्रवेशको मुख्यद्वारमा रहेको चन्द्रागिरिमा आजसम्म कोरोना सङ्क्रमितको सो सङ्ख्या पुगेको हो ।
नगर प्रमुख घनश्याम गिरीले चन्द्रागिरिभित्र ९१ व्यक्तिलाई कोरोना सङ्क्रमण देखिए पनि ४७ व्यक्ति डिस्चार्ज भएर घर फर्किसकेको जानकारी दिनुभयो । नगरपालिकाका अनुसार वडा नं १ मा दुई, वडा नं २ मा एक, वडा नं ३ मा पाँच, वडा नं ४ मा तीन, वडा नं ५ मा चार, वडा नं ६ मा चार, वडा नं ७ मा पाँच, वडा नं ८ मा १०, वडा नं ९ मा छ, वडा नं १० मा सात, वडा नं ११ मा १०, वडा नं १२ मा १२, वडा नं १३ मा सात, वडा नं १४ मा चार र वडा नं १५ मा १० सङ्क्रमित देखिएका छन् ।
सोमध्ये वडा नं १ मा एक, वडा नं ३ मा चार, वडा नं ४ मा दुई, वडा नं ५ मा एक, वडा नं ६ मा दुई, वडा नं ७ मा दुई, वडा नं ८ मा पाँच, वडा नं ९ मा तीन, वडा नं १० मा तीन, वडा नं ११ मा नौ, वडा नं १२ मा आठ, वडा नं १३ मा एक, वडा नं १४ मा एक र वडा नं १५ मा पाँच जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।
नगरपालिकामा रहेका सक्रिय सङ्क्रमितमध्ये २१ जनाको उपत्यकाका विभिन्न अस्पताल र २३ जनाको होम आइसोलेसमा उपचार भइरहेको जनाइएको छ । चन्द्रागिरिमा हालसम्म कोरोना सङ्क्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नगरपालिकाभित्रका १५ वटै वडामा पीसीआर परीक्षण बढाइएको नगरप्रमुख गिरीले बताए । चन्द्रागिरि वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
कात्तिक १७, २०८१ शनिबार
तिहारमा फेरियो देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
हुम्लामा चार दिनदेखि बालक बेपत्ता
कात्तिक १७, २०८१ शनिबार
वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्छौं : मन्त्री यादव
कात्तिक १७, २०८१ शनिबार
स्पेनमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २११ पुग्यो, प्रभावित क्षेत्रमा थप १० हजार सैनिक पठाइयो
कात्तिक १७, २०८१ शनिबार
बलिउड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को पहिलो दिन शानदार कमाई
कात्तिक १७, २०८१ शनिबार
भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डको १४३ रनको अग्रता
कात्तिक १७, २०८१ शनिबार