आज नायक आशिरमान जन्मदिन सेलिव्रेशन गर्दै
नेपालबहस संवाददाता
भदौ १५, २०७७ सोमबार १९:५५:४९
१५ भदौ, काठमाडौं । नायक आशिरमान देशराज जोशी आज आफ्नो जन्मदिन सेलिव्रेशन गरिरहेका छन् । चलचित्र ‘ग्याङस्टार ब्लूज’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका यी नायक २२ बर्षका भए । २२ बर्षको उमेरमा उनले २ वटा चलचित्रमा अभिनय गरेका छन् ।
आशिरमान चलचित्र क्षेत्रमा प्रवेश गर्दै गर्दा उनको चर्चा खुबै भयो । आशिरमानमाथि चलचित्रकर्मी र दर्शकको आशा र अपेक्षा खुबै देखिएको थियो । तर, पहिलो चलचित्रको कथा र निर्देशकिय पक्ष निकै कमजोर हुँदा यसको असर आशिरमानको करिअरमा देखियो । उनले, दोश्रो चलचित्र केही बर्षको अन्तरालपछि गरे ।
‘दि ब्रेकअप’ले पनि आशिरमानलाई राहत दिएन । चलचित्र चलेन । दुबै चलचित्र नचल्दा आशिरमानको करिअर अब अगाडि बढ्न समस्या छ भन्ने टिप्पणी पनि चलचित्र बजारमा सुनिने गरिन्छ ।
तर, राम्रो स्क्रिप्ट रोज्न सकेको खण्डमा आशिरमानले चलचित्र क्षेत्रमा बलियो उपस्थिती जनाउन सक्छन् । आशिरमानलाई उनको परिवार, आफन्त र शुभेच्छुकले शुभकामना दिइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
एनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
भूमिगत सिँचाइ प्रणालीले कृषि पेसा सहज बन्दै
मंसिर २७, २०८१ बिहिबार
गुणस्तरीय खानेपानी उपलब्ध गराउन दीर्घकालीन समाधान खोजिदै
मंसिर २७, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार