राप्रपामा मिरजाफर प्रवृतिको चर्चा, गीताको कसम खाने कमल थापाको निष्ठामाथि प्रश्न
नेपालबहस संवाददाता
भदौ १५, २०७७ मंगलबार २:४:४०
१५ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताप्रति नेतृत्व नै इमान्दार नभए गीताको अवमूल्यन हुने संभावना बढेर गएको छ । पार्टी एकीकरण गरेको ६ महिनामा पनि निर्वाचन आयोगमा दर्ता नहुनुमा व्यक्तिवादी लहड र नेतृत्वको विरोधासपूर्ण चरित्र हावी देखिन्छ । यसलाई राप्रपावृत्तभित्र मिर जाफर प्रवृत्ति भनेर व्याख्या गर्न थालिएको छ ।
पार्टी सुत्रका अनुसार, दुई राप्रपा बीचको एकीकरणको आधारपत्र अस्वीकार गर्ने दुष्प्रयासबाट नै एकीकृत राप्रपाको औपचारिक दर्ता प्रक्रियामा अवरोध खडा भएको छ ।
तीन अध्यक्ष, पशुपति शम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाको आइतबार वैठक बसेको थियो । तीन अध्यक्षले चुनाव चिन्ह हलो हुने सहमति गरे तर थापाले एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता गरीरहन नपर्ने अडान लिएपछि राप्रपा एकतामा अन्योलता छाएको हो ।
राप्रपा र राप्रपा ‘संयुक्त’बीच एकता भएको जानकारी गत चैत्र १२ गतेको पत्रमा निर्वाचन आयोगमा लिखित जानकारी गराइएको थियो । पत्रसाथ एकीकरणको आधारपत्रसमेत संलग्न थियो । सोही जानकारीको जवाफमा दर्ता प्रक्रिया सम्पन्न गर्न निर्वाचन आयोगले एकीकृत पार्टीको विधान, चुनाव चिन्ह, छाप, झण्डालगायत निर्णयहरू माग गरीसकेको छ ।
अध्यक्षको अस्थीर अडान, आफूखुशी व्याख्याले कार्यकर्ताहरू आजित छन्, यसैले नेतृत्वमाथि दवाब बढ्दो छ । यही दवाब मत्थर गर्न थापाले सोमबार, ‘पार्टी एकताबारे आशंका र विवाद गर्नुपर्ने कुनै कारण छैन’ भन्दै धारणा सार्वजनिक गरे ।
‘हिजो एकीकरण भएको घोषणा गर्ने, आधारपत्रमा हस्ताक्षर गर्ने, निर्वाचन आयोगलाई जानकारी गराउने । अहिले भने टुटफूट ब्यहोरेको पुरानो राप्रपाकै विधान कायम गरौं भन्नु युक्तिसंगत छैन, निर्वाचन आयोगले नै यो कुरा मानेको छैन्,’ एक नेताले भने ।
‘यो र त्यो पक्ष भन्ने कुरै हैन । जानकारी गराउने हैन, आयोगमा एकीकृत पार्टी अविलम्ब दर्ता हुनुपर्छ नत्र पार्टी, कार्यकर्ता र विचारप्रति धोका हुनेछ । यसबाट अध्यक्षलाई नै सबैभन्दा ठूलो घाटा हुनेछ ।’
कार्यकर्ताको बढ्दो चिन्ताबीच अध्यक्ष लोहनीले विधिवत् दर्तामा सोमबार ट्वीट गर्दै जोड दिए । ‘राप्रपा ‘संयुक्त’ र रापपाबीच एकता आजको आवश्यकता हो । यसलाई मुर्त रूप दिन निर्वाचन आयोगमा विधिपूर्वक दर्ता गर्नु पर्दछ । यो काममा ढिलाई नगरौं,’ उनले भने ।
एक वा अर्को बहानाबाजीमा दर्ता सम्पन्न नगरे गीताको कसम खाने नेतृत्वकै निष्ठा र कार्यकुशलतामाथि प्रश्न उठ्ने छ । यस अघि गठन गरेको सुझाव समितिले दर्ता प्रक्रिया सम्पन्न गर्न अध्यक्षत्रयलाई नै जिम्मेवार ठहर गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार