अर्थमन्त्री ‘आउट’ हुने संकेतले लगानीकर्तामा फेरि उत्साह, नेप्सेमा २२ अङ्कको वृद्धि
नेपालबहस संवाददाता
भदौ १५, २०७७ मंगलबार २:०:५७
१४ भदौ, काठमाडौं । राष्ट्रिय सभामा वामदेव गौतमको दावीसँगै वर्तमान अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाको पद धर्मराएको छ । विगत छ महिना पहिला पनि लगानीकर्ताले अर्थमन्त्रीको बहिर्गमनलाई नै हेरेर बजार प्रवेश र लगानीको दर बढाउँदा शेयर बजारमा उछाल आएको थियो । अहिले पनि शेयर बजारको सकारात्मक सर्किटलाई सोही पक्षसँग हेर्ने गरिएको छ । विशेषतः घरजग्गा व्यापारी र शेयर लगानीकर्तासँग नीतिगत रुपमा अर्थमन्त्री खतिवडाको नजिककको सम्बन्ध देखिँदैन । सोही कारण उनको बहिर्गमनमा शेयरबजारका लगानीकर्ता र घरजग्गा व्यापारी उत्साहीत बनेका छन् ।
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । काठमाडौँ उपत्यकाभित्र कोरोनाको सङ्क्रमण तीव्र रुपमा फैलिएपछि सरकारले निषेधाज्ञा जारी गरेको भए पनि शेयर बजारमा त्यसले कुनै प्रभाव पारेको छैन । लगानीकर्ता क्रमशः विद्युतीय प्रणालीमा अभ्यस्त हुन थालेकाले कारोवारमा कुनै पनि उल्झन नआएको हो । बरु दैनिक जसोनै कारोवार रकममा वृद्धि भएको छ । मुलुकको अर्थतन्त्र चलायनमान अवस्थामा रहेको धितोपत्र बजारमा देखिएको उत्साहले सङ्केत गरेको छ ।
नेप्से झण्डै एक हजार ५०० को बिन्दु नजिक पुग्न लागेको छ । आज २२।३३ बिन्दुले नेप्सेमा वृद्धि भई एक हजार ४८४।९९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २।०५ ले वृद्धि भई २९८।३५ मा पुगेको छ । कूल १८९ कम्पनीको ७७ लाख ६३ हजार ५६ कित्ता शेयर रु तीन अर्ब ४६ करोड २५ लाख ८६ हजार १२५ मूल्यमा खरिद बिक्री भए ।
स्टकका अनुसार आज कारोवार भएका कूल १२ उपसमूहमध्ये एक उपसमूहको मात्रै शेयर ओरालो लागेको छ भने ११ उपसमूहको शेयर वृद्धि भएको छ । होटल उपसमूह ०।७७ बिन्दुले घट्दा बैंकिङ ४.९५, व्यापार १८.०५, विकास बैंक १।५, जलविद्युत् ३३.६१, वित्त १.१, निर्जीवन बीमा २३३.७, उत्पादन ८८.७१, अन्य ३७।४, लघुवित्त ८.५८, जीवन बीमा २६०.३३ र सामूहिक लगानी कोष ०.०८ ले वृद्धि भएको छ ।
कारोवारका आधारमा आज पनि नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २८ करोड ७४ लाख ५७ हजार २२८ बराबरको कारोवार भयो । यस्तै नेको इन्स्योरेन्स रु १७ करोड ७८ लाख १९ हजार ७०४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १६ करोड ८१ लाख १३ हजार ३१७, शिवम् सिमेन्ट रु १५ करोड ७१ लाख ७६ हजार ७५९, हिमालयन डिस्टिलरी रु १५ करोड ३२ लाख ३४ हजार ४२६ र सूर्या लाइफ इन्स्योरेन्स रु १२ करोड ८७ लाख चार हजार ६४८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
र याे पनि …डा. खतिवडाको भविष्य बामदेवको इच्छामा निर्भर
यस्तै हिमाल दोलखा हाइड्रोपावर कम्पनी ७.२९, घोडीघोडा लघुवित्त ४.५८, ओरियण्टल होटल लिमिटेड ३.७२, मितेरी डेभलपमेन्ट बैंक २.६२, गुह्यश्वरी मर्चेन्ट बैंक २.३८ र सिन्धु विकास बैंकका शेयरधनीले २.३८ प्रतिशतले गुमाए ।स्टकका अनुसार आज नेपाल पुनर्बीमा कम्पनी १०, उन्नति सहकार्य लघुवित्त ९.९४, एनआरएन इन्फ्रास्टकचर ९.९४, सिनर्जी पावर कम्पनी ९.६५, अरुण काबेली पावर ९.४५, रैराङ हाइड्रोपावर ९.२८, पाँचथर पावर कम्पनीका लगानीकर्ताले ९.२४ प्रतिशतले कमाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार