सुन तस्करीको अभियोगमा अष्टमंगल र लक्की ज्वेलर्स प्रहरी अनुसन्धानमा
नेपालबहस संवाददाता
भदौ १६, २०७७ मंगलबार १९:५१:२१
१६ भदौ, काठमाडौं । सनम शाक्य हत्याकाण्डबाट प्रष्फुटन भएको ३३ केजी गोरे सुन तस्करी प्रकरणमा हल्ला मात्र बढी गराएर अनुसन्धान नै कता मोडियो कता ? उल्टो अनुसन्धानमा संलग्न प्रहरी नै मुद्धा मामिलामा मुछिए ।
तर, केही समय अघि दरवारमार्गमा घटेको आधा केजी सक्कली र साढे चौध केजी नक्कली सुन अवैध रुपमा ओसारपसार प्रकरण भने “भुसको आगो” जस्तै भित्रभित्रै दन्कीरहेको अवस्थामा छ । उक्त प्रकरण बारे गोप्य ढंगबाट अनुसन्धान भइरहेको र संलग्नहरु धमाधम पक्राउ पर्ने क्रम जारी छ ।
यसै क्रममा पछिल्लो पटक अष्टमंगल ज्वेलर्सका विजय ताम्राकार एवम् लक्की ज्वेलर्सका कामदार पक्राउ परेका छन् ।दरवारमार्ग प्रहरीले उक्त प्रकरणमा आधा केजी सुन लक्की ज्वेलर्सबाट खरिद गरिएको अभियुक्तको वयानका आधारमा अघिल्लो दिन उक्त ज्वेलर्सका मालिक ऋषि ठाकुरलाई पक्राउ गरेता पनि त्यसदिन भोलिपल्ट उपस्थित हुने गरी छाडिएकोमा भोलिपल्ट पसलमा काम गर्ने कामदारमाथि म्याद थप गरी हिरासतमा राखिएको छ भने मालिक ठाकुरलाई अहिलेको लागि उन्मुक्ति दिइएको छ ।
प्रहरी स्रोतका अनुसार अवैद्यरुपमा ओसोरपसार भइरहेको उक्त सुन प्रकरणमा लक्की ज्वेलर्सलाई अष्टमंगल ज्वेलर्सले आधा केजी सुन विक्री गरेको बताइएको छ । अष्टमंगल ज्वेलर्सले उक्त सुन बैंकबाट खरिद गरिएको दावी गरेता पनि लक्की ज्वेलर्सलाई विल भर्पाई विनै विक्री गरेका कारण अनुसन्धानको दायरामा तानिएको हो ।
यसअघि, उक्त प्रकरणमा मुछिएका दरवारमार्ग प्रहरी वृत्तका दुई प्रहरी जवान, र प्रत्यक्ष-अप्रत्यक्ष सुन ओसारपसारमा संलग्न थप आधा दर्जन बढी पक्राउ परेका थिए भने सुन तस्करी हुँदैछ भन्ने सुचना पाएर पनि प्रहरी परिचालनमा कमजोर व्यवस्थापन एवम् गलत सूचना दिएको आरोपमा वृत्तका डीएसपी रञ्जन दाहाल हालका लागि प्रहरी तालिम केन्द्र, महाराजगन्ज तानिएका छन् । यद्यपि, मिलोमतो अभियोगमा उनीमाथि पनि थप कारवाही हुन सक्ने बुझिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार