उत्सुक भएर उच्च मनोबलका साथ कार्यक्षेत्रमा लाग्न आईजीपी थापाको निर्देशन
नेपालबहस संवाददाता
भदौ १७, २०७७ बुधबार २३:५१:४७
१७ भदौ, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने, कोरोना संक्रमण नियन्त्रण व्यवस्थापन, फरार अपराधीहरुको खोजी, सीमा क्षेत्रमा राजश्व चुहावट रोक्ने र सवारी दुर्घटना न्यूनिकरण गर्ने लगायतका प्रहरी कार्यमा दीर्घकालीन योजना निर्माण गरी लागू गर्नुपर्ने बताए ।
हालै सरुवा भई आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी नायव उपरीक्षकहरुलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा निर्देशन दिदैं प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताएका हुन्।
प्रहरी अधिकृतहरु सरुवा भएको स्थानमा उच्च मनोबलका साथ उत्सुक भएर जानुपर्ने बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भने, ‘सरुवा भई जाने ठाउँमा अभिभावकको हैसियतले पूर्ण निष्ठावान भई आ-आफ्नो कर्तव्य निर्वाह गरेमा असल र नेतृत्वदायी भूमिका ठहर्छ ।’ हिरासतमा भएका व्यक्तिहरुमाथि प्रहरीले गर्ने व्यवहार एवं हिरासत कक्षको व्यवस्थापनलाई विशेष ख्याल गर्नुपर्ने उहाँले उल्लेख गरे।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अपराधजन्य गतिविधिमा शून्य सहनशीलता हुनुपर्ने उल्लेख गर्दै अन्य सुरक्षा निकाय, स्थानीय निकाय र कानुन कार्यान्वयन गर्ने अन्य निकायहरुसँग समन्वयकारी भूमिका निर्वाह गर्न निर्देशन दिए । सरुवा भई जाने अधिकृतहरुलाई कानुनी रुपमा कठोरता र व्यवहारमा विनम्रता प्रस्तुत गर्दै आन्तरिक गुनासोको व्यवस्थापन, निष्पक्षता, चेन अफ कमान्ड र कोरोना संक्रमण नियन्त्रणको लागि आ(आफ्नो दृष्टिकोण अनुसार पुलिसिङ गर्नुपर्ने उनले बताए ।
कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी संक्रमणले धेरै प्रहरी कर्मचारी पनि संक्रमित भई अस्पताल र क्वारेन्टिनमा बस्नु परेको अवस्थामा सीमित प्रहरी जनशक्ति, साधन स्रोतको व्यवस्थापन र उचित परिचालन गरी खटी जाने स्थानहरुमा यस रोग रोकथाम र नियन्त्रण गर्न प्रहरी अधिकृतहरु सक्रिय रुपमा लाग्न उनले निर्देशन दिए । कोरोना संक्रमित प्रहरीको हौसलाका लागि अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरू लगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार