ट्राफिक प्रहरीका जवानकाे कोरोना परीक्षण गर्न पैसा लाग्याे, आइसोलेशनमा बेवास्ता !
नेपालबहस संवाददाता
भदौ १८, २०७७ बिहिबार १६:०:४३
१७ भदौ, काठमाडौं । दिनभर सडकमा खट्ने ट्राफिक प्रहरी । भोक, निन्द्रा, गाह्रो, साह्रो कुनै कुराको मतलव नगरी ड्युटीमा खट्ने दायित्व । कोरोना महामारीले सबै घरभित्र लुकेका बेला जनतालाई संक्रमणबाट जोगाउन सडकमा एक्लै उभिने प्रहरी ।
अरु सुरक्षित हुन घर नछाडेका बेला सबैलाई घरमै राख्न लागिपरेका प्रहरी अहिले संक्रमित छन् । तर देश र जनताका लागि सेवामा जुटेका तिनै प्रहरी भने संक्रमित हुँदा राज्यबाटै बेवास्तामा परेका छन् । भक्तपुरको दुवाकोटमा रहेको केएमसी अस्पतालमा एकजना ट्राफिक प्रहरीले यस्तै हविगत भोगिरहेका छन् ।
राज्यले उनीमाथि कतिसम्म बेवास्ता गरेको छ भने कोरोनाको पीसीआर परीक्षण गर्दा आफैले पैसा तिर्नुपर्ने अवस्था सिर्जना गरेको छ । सिपाहीले जम्मा २० हजार तलब पनि मुश्किलले हात पार्दा उनीहरुले जोखिमका बेला काम गरेको राहत, प्रोत्साहन र आत्मबल पाउन सकेका छैनन् ।
त्यसमाथि संक्रमित हुँदा आफ्नै पैसामा पीसीआर परीक्षण गर्नुपर्ने बाध्यता उनलाई आइपरेकाे छ । सरकारले हालै मात्रै प्रतिव्यक्ति पीसीआर परीक्षणको शुल्क ४ हजार ५ सय रुपैयाँ तोकेको छ । केएमसी अस्पतालमा आइसोलेसनमा बसेका ती ट्राफिक जवानले ४ हजार ५ सय रुपैयाँ खर्च गरेर पीसीआर परीक्षण गरेका छन् ।
जबकी राज्यले कोरोना महामारीका बेला फ्रण्टलाईनमा खटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको निःशुल्क परीक्षणको व्यवस्था गरेको छ । तर जोखिममा संक्रमित हुन पुगेका सामान्य जवानका लागि भने यो सेवा सहज रुपमा दिन सकेको छैन् ।
अस्पतालमा चिन्ता, संगठनबाट बेवास्ता !
ड्युटीका क्रममा संक्रमित हुन पुगेका ती ट्राफिक जवान केही दिनदेखि केएमसी अस्पतालको आइसोलेसनमा छन् । सुविधासम्पन्न भनिएको अस्पतालको आइसोलेसनमा प्रहरीले पाउनुपर्ने न्युनतम सेवा सुविधा पनि पाउन मुश्किल छ ।
यस्तो बेला आफैले पैसा हालेर पीसीआर परीक्षण गराउनुपर्ने बाध्यता छ । यस्तो बाध्यतामा पनि उनी संगठनबाट पाउनुपर्ने न्युनतम हेरचाह र हौसला पाउनबाट बञ्चित छन् । सम्बन्धित प्रहरी संगठनले आइसोलेसनमा रहेका उनको न अवस्थाबारे सोधपुछ गरिएको छ । न त राज्यले भनेजस्तो निःशुल्क पीसीआर परीक्षण नै ।
यसले महामारीका बेला फ्रण्टलाइनमा खटिएका प्रहरीको मनोबल गिरेको एक उच्च अधिकारीले बताए । सुरक्षा निकायकै अर्को संगठन सशस्त्रले भने एउटै अस्पतालमा रहेका आफ्ना जवानको बिहान बेलूकी डाक्टर पठाएर हेरचाह गर्ने भएपनि नेपाल प्रहरीले भने आफ्ना जवानको स्वास्थ्य, सुरक्षा, हेरचाह नगरेको ती अधिकारीको भनाई छ ।
खासगरी यस किसिमबाट बेवास्तामा पर्ने जवानहरु निकै नै पीडित बनेको पनि उनको भनाई छ । एकजना ट्राफिक प्रहरीको केएमसी अस्पतालमा पीसीआर परीक्षण गर्दा उनीसँग अस्पतालले ४ हजार ४ सय रुपैयाँ लिएको पनि उनले बताए ।
यसले ट्राफिक प्रहरीमा संक्रमित जवानलाई निराशा थपिएको पनि उनको भनाई छ । खासै धेरै पारिश्रमिक नभएका बेलामा पीसीआर परीक्षण गर्न प्रहरीसँग पैसा माग्नुले झन समस्या निम्तिएकाे संक्रमित प्रहरीहरुको भनाई छ ।
प्रहरीभित्रै असन्तुष्टि
नेपाल प्रहरीका पूर्व एआईजी कल्याण तिम्सिनाले सामाजिक सञ्जाल फेसबुकमा यसबारेमा ध्यानाकर्षण गराएका छन् । यस्तो महामारीको बेला फ्रण्टलाईनमा खटेर जनतालाई सुरक्षा दिइरहेका प्रहरीले राज्यबाट उचित प्रोत्साहन र सेवा सुविधा नपाएको उनले गुनासो गरेका छन् ।
कोरोना संक्रमित भई दुवाकोटमा रहेको केएमसी अस्पतालमा आइसोलेसनमा बसेका प्रहरीसँग पीसीआर टेस्टका लागि पैसा मागिएको छ, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, सम्बन्धित निकायको ध्यान जाओस । पैसा उठाउने काम बन्द गरियोस । निःशुल्क परीक्षण हुने व्यवस्था होस ।
कोरोना महामारी उत्कर्षमा पुगेका बेला ज्यान फालेर काम गर्ने प्रहरीलाई त सुविधा छैन भने अरुको के कुरा ? भन्दै उनले नेपाल प्रहरीसँग प्रश्न पनि गरेका छन् । अघिपछि ड्युटीका बेला काममा घोटाउन कुनै कन्जुस्याई नगर्ने तर बिरामी पर्दा उपचार र परीक्षणमै पैसा माग्ने बानीले राज्य नै सुरक्षाकर्मीमाथि गम्भिर नबनेको जस्तो देखिएको उनको भनाई छ ।
ट्राफिक प्रहरी महाशाखा के भन्छ ?
महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने सरकारले तोकेको ठाउँमा मात्रै पीसीआर परीक्षण गराउनुपर्ने जवाफ दिएको छ । महाशाखाका प्रमुख एसएसपी भीम ढकालले सरकारले तोकेको अस्पतालभन्दा अरु ठाउँमा पीसीआर परीक्षण गर्नु प्रहरीकै कमजोरी रहेको बताए ।
सरकारले प्रहरीको कोरोना परीक्षणका लागि प्रहरी अस्पताल र टेकु अस्पताल तोकेको छ । यी दुई अस्पतालमा परीक्षण गर्दा पैसा लाग्दैन् ।
तर केएमसी अस्पतालमै परीक्षण गराएकाले शुल्क लागेको हुनसक्ने उनको भनाई छ । यो उनको व्यक्तिगत कमजोरी रहेको पनि ढकालको दाबी छ । भदौ १२ गतेदेखि पीसीआर पोजेटिभ भएर संक्रमित भएका प्रहरीलाई एक लाखको कोरोना बीमा गरिएको जानकारी दिदै हौसला र प्रोत्साहनका लागि सबै उपाय अपनाइएको जानकारी दिए ।
कोरोनाको बेला जोखिम मोलेर काम गरेकामध्ये ८० जना ट्राफिक प्रहरी संक्रमित छन । तीमध्ये २० जना उपचारपछि निको भएर ड्युटीमा फर्किसकेकाे पनि महाशाखा प्रमुख ढकालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार