गति लिन सकेन महाकाली करिडोरले
नेपालबहस संवाददाता
भदौ १८, २०७७ बिहिबार १८:३१:५८
१८ भदौ, महेन्द्रनगर । तराईको उर्वर फाँटदेखि उत्तरमा हिमालसम्म जोड्ने योजनासहित दशक अघि निर्माण थालिएको महाकाली करिडोरको निर्माणले गति लिन सकेको छैन । सुदूरपश्चिम प्रदेशको लाइफलाइन मानिएको करिडोरको निर्माण कछुवा गतिमा अघि बढेको छ । कञ्चनपुरको भीमदत्तनगरपालिका–९ ब्रह्मदेवबाट सुरु हुने करिडोर निर्माण अझै यहाँबाट शुरुआत हुन सकेको छैन् ।
करिव ४२५ किलोमिटर लम्बाइ भएको करिडोर अन्र्तगत ब्रह्मदेवदेखि जोगबुडासम्म ११ किलोमिटर क्षेत्र पर्छ । “ब्रह्मदेवबाट दुई÷तीन किलोमिटरपछि जंगल शुरु हुन्छ ।” महाकाली करिडोर दार्चुला तिंकर सडक योजनाका इन्जिनियर दिनेश रैखोलाले भने, “लामो समय सो क्षेत्रको वातावरणीय प्रभाव मुल्याङ्कन हुन नसक्दा काम शुरु भएन ।”
उनले वातावरणीय प्रभाव मुल्याङ्कनको काम सकिएको र उक्त क्षेत्र निर्माणका लागि ठेक्का प्रक्रियामा रहेको जानकारी दिए । नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि करिडोर निर्माणको अवधारणा अगाडि सारिएको भएपनि करिडोर अन्र्तगत डडेल्धुरा, बैतडी र दार्चुला क्षेत्रमा पनि निर्माणको काम सन्तोषजनक छैन ।
“लकडाउन भएकाले तीन वटै प्याकेजको काम गर्न निर्माण कम्पनीलाई ६ महिना मङसीर सम्मको समय थपिएको छ ।” उनले भने, “अब छिट्टै ब्रह्मदेवबाट पनि ठेक्का भएर काम सुरु हुनेमा आशावादी छौं ।”
तीन बर्षअघि करिडोर अन्र्तगत चार जिल्लामा ट्रयाक खोल्न ५२ करोडमा ठेक्का सम्झौता भएको थियो । कोरोना भाइरस सङ्क्रमण न्युनीकरणका लागि सरकारले गरेको लकडाउनका कारण योजनाको काममा आंशिक प्रभाव परेको जनाइएको छ ।
“मजदुरहरु सबै स्थानीय भएकाले काममा त्यतिधेरै बाधा पुुगेन ।” उनले भने, “ बर्षात्का बेला भने काम रोकिएको थियो ।”०६५ सालदेखि निर्माण शुरु भएको दार्चुला तिंकर सडकलाई ०७२ सालमा महाकाली करिडोर अन्तर्गत गाभिएको हो । करिडोरअन्तर्गत डडेल्धुरामा ११ किलोमिटर, बैतडीमा ५७ किलोमिटर र दार्चुलामा कुल ६७ किलोमिटर सडक खण्डको ट्रयाक खुलाइएको छ ।
साविकको दार्चुला तिंकर सडक खण्डको कुल १३४ किलोमिटर मध्ये ठेक्का नलागेको ८७ किलोमिटर व्यास गाउँपालिका–२ कोठेधारदेखि तिंकरसम्मको सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ ।
यस्तै दार्चुला तिंकर सडकको ठेक्का लागेको ४७ किलोमिटरमध्ये ४३ किलोमिटर सडक खण्डमा ट्रयाक खुलाइएको इन्जिनियर रैखोलाले जानकारी दिनुभयो ।यस्तै कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुरासम्मको सडक खण्डको ठेक्का लाग्न बाँकी छ । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको ढिलाइले काम पनि हुन सकेको थिएन् ।
अहिले करिडोरको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन आएको छ ।सबैभन्दा ढिलाई दार्चुला तिंकर सडक खण्डमा भइरहेको छ । करिव १२ वर्षमा ४३ किलोमिटर सडकखण्डको ट्रयाक खुलाइएको भएपनि सबै क्षेत्रमा अहिले सवारी साधन चल्न सक्ने अवस्था छैन् । बर्खायाममा यस सडक खण्ड पूरै अवरुद्ध छ ।
सडकको चार किलोमिटर सडकको ट्रयाक खुलाउन अमर सूर्यसँग ०६९÷०७० मै ठेक्का भएको हो । पाँच पटक म्याद थप भइसकेको छ । अझै काम सुचारु भएको छैन् । सडक योजनाले निर्माण काम ढिलाई गरेको जनाउँदै सरकारले गत वैशाख १४ गते निर्णय गरेको हो ।
यस्तै चालू आर्थिक वर्षमा सडक सुधार गर्ने भन्दै हिकिलाको पोखरा भीर, पिपलचौरीको विजयपुर भीर, हुतीको तङ्ले भीर र धौलाकोटको चुकपानी भीरको लागि चार वटा ठेक्का लगाइएको छ । यस क्षेत्रमा सडक र भीर सुधारको लागि बझाङको सुर्मा सरोवर निर्माण सेवाले ठेक्का पाएको छ ।महाकाली करिडोर दार्चुला तिंकर सडक योजनालाई बहुबर्षीय ठेक्का लगाउने गरी कागजी प्रक्रिया अघि बढाइएको इन्जिनियर रैखोलाले बताए ।
उद्योग बाणिज्य संघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्णप्रसाद पाठकले महाकाली करिडोर निर्माण गरेर कैलाशमानसरोवरलाई जोड्ने सके सुदूरपश्चिमको मुहार फरिने बताए ।“कृषि, पर्यटन र जलविद्युतमा यहाँ तमाम सम्भावनाहरु छन् ।”
उनले भने, “समृद्धिका लागि करिडोर चाँडो बन्नु जरुरी छ ।” उनले नीजि क्षेत्रले संघीय र प्रदेश सरकारलाई पटक पटक यस विषयमा कुरा उठाउँदै आएको जानकारी दिए । “हिजोका दिनमा महाकाली नदीमा सरकारले पक्की पुल बनाउन सक्छ र भन्थे त्यो अहिले बन्दैछ ।” उपाध्यक्ष पाठकले भने –“सरकारको इच्छा शक्ति भए करिडोर बनेर राष्ट्रिय अर्थतन्त्रमै टेवा पुग्न सक्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचनमा ठूला दलकै वर्चश्व
मंसिर १७, २०८१ सोमबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
बाघको आक्रमणमा परी कञ्चनपुरमा एक गोठाला घाइते
मंसिर १७, २०८१ सोमबार
कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्रीले गरे स्वागत
मंसिर १७, २०८१ सोमबार