चार ट्राभल एजेन्सीको कब्जामा नेपाल एयरलाइन्स !
नेपालबहस संवाददाता
भदौ १९, २०७७ शुक्रबार १३:११:२९
१९ भदौ, काठमाडौं । नेपाल एयरलाइन्स चारवटा ट्राभल कम्पनीको कब्जामा रहेको पाइएको छ । कोरोना भाइरसको महामारीमा पनि चारवटा ट्राभल एजेन्सीले एयरलाइन्सलाई कब्जामा राखेर यात्रुलाई सास्ती दिइरहेको पाइएको छ ।
कोरोना महामारीमा पाँच महिनापछि शुरु भएको नियमित उडानका लागि यात्रु टिकट नपाएर हैरान छन् । कर्मचारीको मिलेमतोमा सरकारी स्वामित्वको नेपाल एयरलाइन्समा व्यापारी र बिचौलियाको रजगज हुँदा यात्रु सधै मारमा पर्ने गरेका छन् ।
अहिले नेपाल एयरलाइन्स विदेशबाट आउँदा र विदेश जाँदा पनि कहिलेकाँही रित्तै यात्रा गर्छ । खासगरी बर्षौदेखि नेपाल एयरलाइन्सको घाटा, फितलो व्यवस्थापन र यात्रुलाई समस्यामा पार्न ट्राभल एजेन्सीको मुख्य हात छ ।
जसलाई अहिलेसम्म तालुकदार मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले कुनै सुधार तथा चुस्त व्यवस्थापनको काम गरेको छैन् । नेपाल वायुसेवा निगमको नेतृत्वलाई देखाएर उम्किन खोज्ने मन्त्रालय एयरलाइन्सभित्रको समस्यालाई कहिल्यै सुधार्न प्रयासरत झनै देखिदैन् ।
यी हुन् ४ सिण्डिकेटर ट्राभल एजेन्सी !
नेपाल एयरलाइन्सलाई पछिल्लो समय कब्जामा लिने चार ट्राभल एजेन्सीमध्ये पहिलो हो, हारभेष्टमुन इन्टरनेस्नल टुर्स एण्ड ट्राभल कम्पनी । काठमाडौंको गैह्रीधारामा कार्यालय रहेको यो कम्पनी रामप्रसाद श्रेष्ठको हो ।
श्रेष्ठ नेपाल वायुसेवा निगममा लामो समयदेखि प्रभाव राख्ने व्यक्ति हुन् । खासगरी सञ्चालक समिति, राजनीतिक दल, सत्ताधारी नेता र कर्मचारीसँग परस्पर सम्पर्कमा रहेर आफ्नो स्वार्थ लुट्न उनी माहिर देखिन्छन् ।
वायुसेवा निगम स्रोतका अनुसार एयरलाइन्समा कब्जा जमाउने अर्का व्यापारी हुन् भोला थापा । प्रेसिडेन्ट ट्राभल एण्ड टुर्स प्रालि चलाएका थापा पनि एयरलाइन्सको ‘टिकेटिङ सिस्टम’ हावी रहेका व्यक्ति हुन् ।
जसका कारण नेपाल एयरलाइन्समा सिण्डिकेट हावी भएको छ भने यात्रुले सास्ती पाइरहेका छन् । आफूसँगै अरु ४ वटा कम्पनीबाहेक अरुलाई टिकट बेच्नै नदिने र अनलाईन पद्धतिमा पनि लैजान नदिने थापाकै कारण नेपाल एयरलाइन्स निकम्मा बन्दैछ ।
दरबारमार्गमा कार्यालय रहेको प्रेसिडेन्ट ट्राभल एण्ड टुर्स कम्पनीले नेपाल एयरलाइन्सको टिकटमा धेरै प्रभाव जमाउने कम्पनीमध्येमा पर्दछ ।
यस्तै नेपाल एयरलाइन्सलाई आफनो कब्जामा राख्न खोज्ने अर्को कम्पनी हो, सोसाइटी ट्राभल । सुनिल शर्मा सञ्चालक रहेको यो कम्पनीले पनि नेपाल एयरलाइन्समा टिकट बेच्दा एक किसिमको सिण्डिकेट नै लादेको छ ।
हात्तीसारको सोसाइटी कम्पलेक्समा कार्यालय राखेर कम्पनी चलाउने शर्मा नाट्टाका पूर्वअध्यक्ष अर्जुन शर्माका भाई पनि हुन् । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टाका पुर्वध्यक्ष अर्जुनको छत्रछायामा रहेर सुनिनले नेपाल एयरलाइन्सका कर्मचारीलाई समेत प्रभावमा पार्छन् ।
यस्तै नेपाल एयरलाइन्सको टिकट बिक्रीमा एकलौटी सिण्डिकेट कायम राख्ने अर्को कम्पनी हो, मेगा बाइट ट्राभल एण्ड टुर्स प्राली । नागपोखरीमा कार्यालय रहेको यो कम्पनी चित्रबहादुर गुरुङको हो ।
पर्यटन तथा ट्रेकिङ व्यवसायमा रमाएका उनी पनि नेपाल एयरलाइन्सको व्यवस्थापनलाई घुडा टेकाउने व्यक्ति हुन् । जसको सक्रियताले वायुसेवा निगम, नेपाल एयरलाइन्सको नेतृत्व गल्ने मात्रै होइन, जनताको सेवालाई चुस्त बनाउनुका साटो बिचौलियासामु ढल्ने गरेको छ ।
नियामक निकाय मौन !
नेपाल एयरलाइन्सको ‘टिकेटिङमा सिण्डिकेट’ लाद्ने ट्राभल एजेन्सीमाथि सम्बन्धित निकायले मौनता साधेको छ । नेपाल एयरलाइन्सले अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन् ।
एयरर्पोटमा यात्रु टिकट नपाएर अलपत्र परेपनि एयरलाइन्स भने गैरजिम्मेवार बनेको छ । यसबारेमा हामीले पटक पटक एयरलाइन्ससँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।
यस्तै नेपाल पर्यटन बोर्ड पनि यसबारेमा त्यति जिम्मेवार बन्न सकेको छैन् । टिकटमा एकलौटी सिण्डिकेट लादेको र यात्रुले बढी मूल्यमा टिकट काटेको गुनासो गरेपनि आफूले कारबाही गर्न नमिल्ने बोर्डको प्रतिक्रिया छ ।
‘केही ट्राभल एजेन्सीले बढी मूल्य लिएर टिकट काटेको गुनासो आएको थियो’ बोर्ड सदस्य तथा प्रवक्ता नन्दिनी थापाले नेपालबहससँग भनिन्, ‘तर हामीले कारबाही गर्नेभन्दा एयरलाइन्स र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई जानकारी गराएका छौ ।’
एयरलाइन्सको टिकटमाथि केही ट्राभल एजेन्सीले सिण्डिकेट लादेको वास्तविकताबारे पनि गुनासो आउने गरेको उनको भनाई छ । केही सीमित ट्राभल एजेन्सीले मात्रै टिकट काट्ने जिम्मा लिने तर यात्रुको संख्या र सिटका बारेमा चुस्त व्यवस्थापन तथा समन्वय नहुँदा यात्रुले सास्ती पाउने गरेको गुनासो पनि आफूहरु कहाँ आउने गरेको उनको भनाई छ ।
‘सीमित ट्राभलबाट मात्रै टिकट काटिने र यात्रुले सिट नपाउने गुनासो पनि हामीकहाँ आउने गरेको छ’ उनले भनिन, ‘गुनासो सुनेपछि हामीले पर्यटन व्यवसायी, नेपाल एयरलाइन्स, सम्बन्धित निकायलाई राखेर छलफल गर्ने गरेका छौ । तर अहिले कोरोनाले गर्दा त्यस्ता गुनासालाई त्यति सम्बोधन गर्न सकिएको छैन् ।’
पर्यटनमन्त्रीका गफै ठूला, काम शुन्य !
पर्यटनमन्त्रीका रुपमा कार्यभार सम्हालेको झण्डै डेढ बर्ष पुग्न लाग्दा योगेश भट्टराईकाे इमेज हिजोको भन्दा झन् खस्किदै छन् । युवा नेताका रुपमा उनले गर्ने भाषण, उनले सुनाउने योजना र दिने गफ धेरै युवाका लागि चर्चाको विषय बन्थे ।
सञ्चारमाध्यम र पत्रकारसँग निकै नजिकको सम्बन्ध बनाएका उनले त्यो सम्बन्ध सफल राजनीतिज्ञका रुपमा निर्वाह गर्न भने सकेका छैनन् । उनले कार्यभार सम्हाले वित्तिकै पर्यटन र उडड्यन क्षेत्रमा धेरै परिवर्तन हुने अनुमान थियो ।
तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएपछि मन्त्री बन्ने अवसर पाएका योगेश भने अहिले खाली मन्त्रालयमा बसेर समय व्यतित गरिरहेका छन् ।
उनले कार्यकाल शुरु गर्नेवित्तिकै पूर्वनिर्धारित भ्रमण बर्ष २०२० स्थगित हुन पुग्यो । कोरोनाले गर्दा धुमधामका साथ शुरु गरेको कार्यक्रम बीचैमा स्थगित हुनु नै उनका लागि असफलताको पहिलो कदम थियो ।
त्यसपछि उनले यसलाई बर्ष नभई दशकका रुपमा लैजाने योजनासहित मन्त्रिपरिषद बैठकमा प्रस्ताव लिए । तर २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी भ्रमण बर्ष २०२० आँखै अगाडि कोरोनाले असफल बन्दा मन्त्रिपरिषद बैठकले भ्रमण दशकलाई स्वीकृति दिएन् ।
युवा नेता भनिएपनि उनले न कर्मचारीको मनोबल बढाउन सकेका छन् । न त पर्यटन तथा उडड्यन क्षेत्रमा नै केही गरेका छन् । नेपाल एयरलाइन्समा बर्षौदेखि चलिरहेको सिण्डिकेट, भ्रष्टाचार, वाइडबडी जहाज खरिदको अनियमितता, निजगढ एयरपोर्ट निर्माणको गफ लगायतका विषयमा उनको काम प्रष्ट छैन् ।
कुनै योजना र भिजनभन्दा खाली मन्त्री बन्ने सपना पालेर सिंहदरबार छिरेका योगेश भट्टराईको काम देखेर अहिले नेकपाकै नेता तथा कार्यकर्ता नै गफाडी मन्त्री भन्न थालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार