अभिनेत्री श्वेता यम थापाको नयाँ चलचित्रमा अनुबन्ध
नेपालबहस संवाददाता
भदौ १९, २०७७ शुक्रबार २०:३:१३
१९ भदौ, काठमाडौं । चलचित्र ‘कहाँ भेटिएला‘ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छिन । उनी अभिनित चलचित्र ‘कान्छी’ दुइ वर्ष अघि प्रदर्शनमा आएको थियो । अहिले आफ्नो व्यापार व्यवसायमा ध्यान दिँदै आएकी उनी यम थापाको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अनुबन्ध भएकी छन् ।
‘हुर्रे’, ‘मेरी मामु’ र ‘रज्जा रानी’ निर्देशन गरिसकेका यम थापाको निर्देशनमा बन्ने नयाँ चलचित्रमा श्वेताले काम गर्न लागेकी हुन् । चलचित्रमा उनी आमाको भूमिकामा देखिने छिन् । चलचित्रले आमा र छोरीको भावनात्मक सम्बन्धको कथा बोल्ने छ । कोरोना महामारी र हालको लकडाउनको अवस्था अलिक सहज हुने बित्तिकै चलचित्रको छायाँकन सुरु हुने छ।
निर्देशक यम थापाको लेखन समेत रहेको चलचित्रमा छोरीको भूमिका बाल कलाकार सेड्रिना शर्मालाई अफर गर्ने सोचमा छन् । शर्मा अहिले जन्मथलो झापामा भएका कारण कुरा अगाडि बढ्न पाएको छैन । डेब्यू चलचित्र ‘कहाँ भेटिएला’ देखि लभर गर्लको भूमिकामा देखिँदै आएकी श्वेतालाई पहिलो पटक दर्शकले भिन्न भूमिकामा देख्न पाउनेछन् । उनी यो चलचित्रलाई लिएर उत्साहित छिन् । आमाको भूमिका भए पनि चलचित्रमा केन्द्रिय भूमिका श्वेताको रहने निर्देशक थापाले बताए।
हाल स्क्रिप्टको कार्य सकायर लोकेसन फाइनल गर्ने कार्यमा लागेका थापाले चलचित्रमा समाबेश अन्य कलाकार तथा प्राबिधिकहरुको जानकारी केसी समयमा गराउने बताए। कोरोना महामारीका कारण ठप्प रहेको चलचित्र उद्योगलाइ चलायमान बनाउनु र चलचित्रकर्मी तथा प्राबिधिकहरुलाई आशाबादी बनाउन जरुरि रहेका कारण आफु यो अवस्थामा पनि चलचित्र निर्माणमा जुटेको थापाले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन् २०२४ मा मनोरञ्जन क्षेत्र, स्वीफ्टोनोमिक्सदेखि कोरियन सङ्गीतको सफलतासम्म
पुष १७, २०८१ बुधबार
नेपाली कला र संस्कृति प्रवर्द्धन गर्न अमेरिकामा सांगीतिक कार्यक्रम
पुष १४, २०८१ आइतबार
चलचित्र ‘देववाणी’ प्रदर्शनमा, बलिउड अभिनेता ह्यारीले दर्शकसँगै फिल्म हेर्ने
पुष १०, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार
कांग्रेसको केन्द्रीय नीति प्रशिक्षण प्रतिष्ठान निर्देशकमा पोखरेल नियुक्त
माघ २, २०८१ बुधबार