लकडाउनदेखि निषेधाज्ञासम्म : २ हजार २१८ जनाले गरे आत्महत्या !
नेपालबहस संवाददाता
भदौ १९, २०७७ शुक्रबार २२:९:५३
१९ भदौ, काठमाडौं । विश्वव्यापी कोरोना भाइरसको महामारीबाट नेपालमा हालसम्म २ सय ७१ भन्दा बढीको मृत्यु हुँदा यही बीचमा देशभर २ हजारभन्दा धेरैले आत्महत्या गरेका छन् । चैत ११ गतेदेखि सुरु भएको लकडाउनदेखि निषेधाज्ञासम्म २ हजार २ सय १८ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।
यो समयसम्म २ सय ५७ जनाको मात्रै कोरोनाले मृत्यु भएको छ । आत्महत्या गर्नेमा १ हजार १ सय ७२ जना पुरुष छन् । ९ सय ११ महिला छन् । यस्तै ९४ बालक र १४१ जना बालिका रहेका छन्।
आत्महत्या गर्ने ७० प्रतिशत मानिसले झुण्डिएर आत्महत्या गरेका छन् । त्यो बाहेकले विष सेवन गरेर, आगो लगाएर, हातहतियार प्रयोग गरेर, डुबेर आत्महत्या गर्ने गरेको प्रहरीको भनाइ छ।
आत्महत्याका घटना सबैभन्दा बढी प्रदेश ५ मा घटेका छन् । पाँच महिनाको अवधिमा प्रदेश ५ मा ४ सय २९ जनाले आत्महत्या गरेका छन्। प्रहरी तथ्यांकअनुसार प्रदेश नम्बर १ मा तीन सय ७१, प्रदेश नम्बर २ मा ३ सय पाँच, बागमती प्रदेशमा तीन सय ८५ जनाले आत्महत्या गरेका छन् ।
यस्तै गण्डकी प्रदेशमा दुई सय ४६, कर्णाली प्रदेशमा १ सय १९ जनाले आत्महत्या गरेका छन् । कर्णालीभन्दा धेरै सुदुरपश्चिम प्रदेशमा दुई सय चार जनाले आत्महत्या गरेका छन् ।
कोरोना महामारी आउनुभन्दा पहिले बार्षिक ५ हजारले आत्महत्या गर्ने गरेका थिए । तर यो पाँच महिनामा मात्रै दुई हजार बढीले आत्महत्या गरेपछि अवस्था केही चिन्ताजनक रहेको नेपाल प्रहरीले जनाएको छ ।
लकडाउनको समयमा रोजगारी गुम्दा, आर्थिक समस्या आउँदा जातीय विभेद र सामाजिक दुव्र्यवहार र कोरोनाकै कारण खेपेको विभेदले पनि धेरैलाई आत्महत्या गर्ने अवस्थामा पु¥याएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार