डडेल्धुरामा निषेधाज्ञाको अवधि थप
नेपालबहस संवाददाता
भदौ २०, २०७७ शनिबार २३:४५:५९
२० भदौ ,अमरगढी । डडेल्धुरामा कोभिड–१९ को संक्रमण बढेसँगै भदौ ३१ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थपिएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बसेकोे बैठकले कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले भदौ ३१ गतेसम्मका लागि दोस्रोपटक निषेधाज्ञा गर्ने निर्णय गरिएको छ । योभन्दा पहिले भदौ १२ देखि १९ गतेसम्मका लागि निषेधाज्ञा गरिएको थियो ।
भदौ १९ गते राति १२ बजेदेखि जारी हुने गरी भदौ ३१ गतेसम्म जिल्लामा सञ्चालित सार्वजनिक, निजी सवारी साधनहरु जोर बिजोर प्रणालीमा सञ्चालन गर्नुपर्ने, सवारी पासबिना अन्य जिल्लाबाट डडेल्धुरा जिल्लामा आउने सवारी साधनलाई जिल्ला प्रवेशमा रोक लगाउनेजस्ता निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।
उनका अनुसार जिल्लामा हुने सार्वजनिक मेला, पर्व, भेलालगायत सभासम्मेलनलाई पूर्णरुपमा निषेध गरिएको छ भने अत्यावश्यक वस्तुका पसलबाहेक अन्य सबैखाले पसलहरु बिहान ६ देखि बेलुका ७ बजेसम्म खुल्न सक्ने भएका छन् । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले गरेको निर्णय उल्लङ्घन गर्नेलाई संक्रमक रोग ऐन २०२० तथा प्रचलित कानूनअनुसार कारबाही गरिनेसमेत जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजको मौसमः तराइमा हुस्सु र कुहिराे तथा गण्डकी र कर्णालीमा हिउँ पर्ने
मंसिर १७, २०८१ सोमबार
एचआइभी सङ्क्रमितहरू जन्मदर्ता तथा नागरिकताको अभावमा अवसरबाट वञ्चितः मानव अधिकार आयोग
मंसिर १६, २०८१ आइतबार
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका माझी निर्वाचित
मंसिर १७, २०८१ सोमबार
स्पेनिस ला लिगा : बेलिङ्घम र एम्बाप्पेको गोलमा रियल विजयी
मंसिर १७, २०८१ सोमबार
के–के छन् प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डा ?
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
एनपीएलः आजको दोस्रो खेल जनकपुर र कर्णालीबीच हुने, शिखर धवन खेल्दै
मंसिर १७, २०८१ सोमबार