युनेस्को अन्तर्राष्ट्रिय साक्षरता अवार्ड ‘एजिङ नेपाल’ लाई
नेपालबहस संवाददाता
भदौ २०, २०७७ आइतबार ०:७:५३
२० भदौ, काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले ज्येष्ठ नागरिकका क्षेत्रमा कार्यरत संस्था ‘एजिङ नेपाल’ लाई यस वर्षको ‘युनेस्को अन्तर्राष्ट्रिय साक्षरता अवार्ड २०२०’ प्रदान गर्ने भएको छ ।
युनेस्को नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा बाबुराम अधिकारीका अनुसार ज्येष्ठ नागरिक र साक्षरताका सवालमा सो संस्थाले दिएको योगदान मूल्याङ्कनसहित गरिएको सिफारिशका आधारमा युनेस्को मुख्यालयले निर्णय गरेको हो । हरेक वर्ष विश्वभरीका प्रतिस्पर्धीमध्ये दुई या दुई संस्थालाई दिइने यो विश्वप्रसिद्ध पुरस्कारको राशी २० हजार अमेरिकी डलर छ ।
हरेक अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा फ्रान्सको पेरिसस्थित युनेस्कोको मुख्यालयमा पुरस्कार वितरण गरिँदै आएकामा यस वर्ष यही भदौ २३ गते भर्चुअलरुपमा पुरस्तरका वितरण हुने डा अधिकारीले जानकारी दिए । उनले नेपाली संस्थाले यस प्रकारको अन्तर्राष्ट्रियस्तरको पुरस्कार पाउनु नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युनेस्को आयोगको सचिवालय र नेपालीका लागि गौरवको विषय भएको बताए ।
एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी भण्डारी (चट्याङ मास्टर) ले पुरस्कारको निर्णयबारे जानकारी पाउँदा खुशी लागेको उल्लेख गर्दै आफूहरुले बेग्लै किसिमको पाठ्यपुस्तक, अध्यापन विधि र तालिमप्राप्त शिक्षक तयार गरी एक दशकदेखि काम गर्दै आएको बताए । सो संस्थाले राष्ट्रसङ्घस्थित युएन कमिटी अन एजिङको सहयोगमा सन् २०१६ देखि काठमाडौँका वडास्तरमा ‘ज्येष्ठ नागरिक आधारभूत शिक्षा’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । हाल नेपालमा महिला ज्येष्ठ नागरिक बढी निरक्षर रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएचआइभी सङ्क्रमितहरू जन्मदर्ता तथा नागरिकताको अभावमा अवसरबाट वञ्चितः मानव अधिकार आयोग
मंसिर १६, २०८१ आइतबार
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार