लिदी पहिरो विस्थापितलाई राहत हस्तान्तरण
नेपालबहस संवाददाता
भदौ २१, २०७७ आइतबार १७:५२:२
२१ भदौ,सिन्धुपाल्चोक । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले लिदी पहिरो विस्थापितलाई राहत हस्तान्तरण गरेका छन् । होप एयरलाइन्स र होपमिन फेमिलीलगायत समाजसेवी वाङचुक राप्तेन लामाले उक्त राहत सामग्री सहयोग गरेका हुन् ।
एक सय ७२ घरधुरीलाई वितरण गरिएको उक्त राहतमा प्रतिघर चामल २५ केजी, दाल पाँच केजी, नुन दुई प्याकेट, तेल चार लिटर, चिनी दुई केजी, चियापत्ती एक प्याकेट वितरण गरिएको हो । जिल्लाको जुगल–३ लिदीमा गत साउन ३० गते गएको पहिरोमा परी ३६ जनाले ज्यान गुमाएका छन् भने अझै तीन जना बेपत्ता छन् ।
पहिरोपीडितका लागि पर्साको ठोरी–४ मा गठन भएको राहत सङ्कलन समितिले रु छ लाखभन्दा बढी सङ्कलन गरी सहयोग गरेको छ । शनिबार बिहान पर्साको ठोरीबाट आएको एक टोलीले अस्थायी आवास क्षेत्र जुगल –१ स्थित बाँसखर्क पुगेर रु छ लाख ४३ हजार नगद सहयोग गरेको नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति पर्साका अध्यक्ष निमा लामा पाख्रिनले जानकारी दिए।
यही भदौ २ गते वडा नं ४ को घ्याङडाडामा वडाध्यक्ष बईबहादुर तामाङको अध्यक्षतामा बसेको सामाजिक अगुवाहरुको भेलाले पहिरोमा परी घाइते भएका, आफन्त बेपत्ता भएर र मृत्यु भएर शोकमा रहेकालाई राहत वितरण गर्ने उद्देश्यले शिक्षक दलबहादुर स्याङबोको संयोजकत्वमा राहत सङ्कलन कार्यलाई व्यवस्थित र पारदर्शी बनाउन अभियन्ताको रूपमा १३ सदस्यीय समिति गठन गरेको थियो । समितिले समन्वय गरेर देश तथा परदेशबाट सहयोग रकम जुटाएको समिति संयोजक शिक्षक स्याङ्बोले जानकारी दिए ।
पहिरोले पूर्णरूपमा घर क्षति भएका र आफन्तसमेत पहिरोमा गुमाएका १० घरधुरीलाई जनही रु ३० हजार, घरमात्र क्षति भएर विस्थापन भएका १८ घरधुरीलाई जनही रु १८ हजार ५०० का दरले र एक जना घाइतेलाई रु १० हजार राहत रकम प्रदान गरिएको छ । समितिमार्फत सङ्कलित रकम शनिबार प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारलाई उपलब्ध गराइएको अध्यक्ष पाख्रिनले बताए ।
साउनको ३० गते लिदीमा गएको पहिरोमा परेर ३७ ले ज्यान गुमाएका थिए भने ३७ घर पुरिएका थिए । अझै दुई जना बेपत्ता छन् ।पाँचपोखरी थाङ्पाल गाउँपालिकाका पहिरोपीडितलाई राहत वितरण गरिएको छ । तामाङ सोसाइटी अफ ग्रेटर वासिङ्टन परिवार अमेरिकाले रु एक लाख ६० हजार वितरण गरिएको अभियन्ता कृष्ण तामाङले जानकारी दिए ।
तामाङ सोसाइटी अफ ग्रेटर वासिङ्टन परिवार अमेरिकाका सचिव हेमकला तामाङ अभियन्ता रत्न तामाङ र सुनिता तामाङले सङ्कलन गरी पठाएको रकम कृष्ण तामाङको तेतृत्वमा कलाकार बैरागी तामाङ, केशरी तामाङलगायतको समूहले पीडितलाई बुझाएको तामाङले बताए । पहिरोकै कारण मृत्यु भएका परिवारलाई रु १० हजार र घर ढलेका परिवारलाई रु पाँच हजारका दरले सहयोग गरेको तामाङले जानकारी दिए । गाउँपालिकाका बरुवाका ११ तथा तिपेनिका २० घर गरी ३१ घरपरिवारलाई रकम बुझाइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएचआइभी सङ्क्रमितहरू जन्मदर्ता तथा नागरिकताको अभावमा अवसरबाट वञ्चितः मानव अधिकार आयोग
मंसिर १६, २०८१ आइतबार
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार