बाल यौन दुरुपयोग मुद्दाका दोषी पक्राउ
नेपालबहस संवाददाता
भदौ २१, २०७७ सोमबार ३:९:९
२१ भदौ ,दमौली । बाल यौन दुरुपयोग मुद्दाका दोषी पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–३ चिसापानी बस्ने ३४ वर्षीय जयकृष्ण श्रेष्ठ छन् । उनलाई घरबाट आज पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
निजविरुद्ध जिल्ला अदालतले विसं २०७६ साउन २९ गते दुई महिना पाँच दिन कैद र रु पाँच हजार जरिवानाको फैसला सुनाएको थियो । त्यसयता फरार रहेका उनलाई पक्राउ गरी आज नै जिल्ला अदालत पेश गरिएकामा अदालतको आदेशबमोजिम कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
पाँच प्रतिवादी पक्राउ
प्रहरीले बहुविवाह, लागुऔषध, जुवा र चोरी मुद्दाका पाँच फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बहुविवाह मुद्दामा व्यास नगरपालिका–१२ सुपारेडाँडाका ३० वर्षीय करणबहादुर परियार पक्राउ परेका छन् । निजविरुद्ध जिल्ला अदालतले विसं २०७५ पुस १९ गते एक वर्ष छ महिना कैद र रु पाँच हजार जरिवानाको फैसला सुनाएको थियो । निजलाई आजै पक्राउ गरी अदालत पेश गरिएकामा बाँकी कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।
त्यस्तै जुवा मुद्दाका फरार दुई व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–३ बस्ने मङ्गलबहादुर पाख्रिन र रमेशकुमार श्रेष्ठ छन् । निजहरुविरुद्ध जिल्ला अदालतले विसं २०७४ असोज २९ गते जनही रु तीन सय जरिवानाको फैसला गरेको थियो । निजहरुलाई पनि आजै अदालत पेश गरिएकामा तोकिएको कैद भुक्तान गरी छुटेका छन् ।
लागुऔषध मुद्दामा आँबुखैरेनी गाउँपालिका–१ बस्ने ३६ वर्षीय विष्णुबहादुर सुनारी पनि पक्राउ परेका छन् । निजविरुद्ध जिल्ला अदालतले विसं २०७४ भदौ ८ गते दुई महिना कैद र रु दुई हजार जरिवानाको फैसला गरेको थियो । पक्राउ परेकालाई आजै अदालत पेश गरिएकामा कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।
चोरी मुद्दामा आँबुखैरेनी गाउँपालिका–२ बस्ने २० वर्षीय सुमित गुरुङ पक्राउ परेका छन् । निजविरुद्ध जिल्ला अदालत चितवनले विसं २०७३ चैत १३ गते तीन दिन कैदको फैसला सुनाएको थियो । पक्राउ परेकालाई आजै अदालत पेश गरिएकामा कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजको मौसमः तराइमा हुस्सु र कुहिराे तथा गण्डकी र कर्णालीमा हिउँ पर्ने
मंसिर १७, २०८१ सोमबार
एचआइभी सङ्क्रमितहरू जन्मदर्ता तथा नागरिकताको अभावमा अवसरबाट वञ्चितः मानव अधिकार आयोग
मंसिर १६, २०८१ आइतबार
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
के–के छन् प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डा ?
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
एनपीएलः आजको दोस्रो खेल जनकपुर र कर्णालीबीच हुने, शिखर धवन खेल्दै
मंसिर १७, २०८१ सोमबार
रविकाे बयान आज पनि जारी रहने, सकिए लगत्तै पाेखरा पठाइने
मंसिर १७, २०८१ सोमबार
रौतहटको गढीमाई –८ मा नेकपा एसको उम्मेदवार विजयी
मंसिर १७, २०८१ सोमबार