नेकपाको स्थायी कमिटी बैठक भदौ २६ गते बोलाउने सहमति
नेपालबहस संवाददाता
भदौ २२, २०७७ सोमबार १६:३१:३४
२२ भदौ, काठमाडौं । एक महिनादेखि स्थगित सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने भएको छ । नेकपाका अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो पटक साउन १३ गतेदेखि स्थगित स्थायी कमिटी बैठक भदौ २६ गते बिहीबार बोलाउने सहमति भएको हो ।
आइतबार बिहान अध्यक्ष ओली, प्रचण्डसँगै महासचिव विष्णु पौडेलबीच भएको छलफलले भदौ २६ गते स्थायी कमिटी बैठक बोलाउने सहमति जुटाएको हो । आन्तरिक विवाद बढ्दै गएपछि नेकपाको स्थायी कमिटी बैठक स्थगित हुदै आएको थियो ।
पछिल्लो पटक साउन १३ गतेको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित थिए । त्यसअघि बसेका बैठकमा अधिकांश सदस्यले अध्यक्ष र प्रधानमन्त्री पदबाट ओलीको राजीनामा माग गरेपछि स्थायी कमिटी प्रभावित भएर स्थगित हुदै आएको थियो । तर अहिले सो विवाद मिलेपछि ओली र प्रचण्ड बैठक बोलाउन सहमत भएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार