मल नपाएका किसानलाई क्षतिपूर्ति दिन नेविसंघको माग
नेपालबहस संवाददाता
भदौ २२, २०७७ सोमबार १७:५:५०
२२ भदौ, काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघले समयमै मल नपाएका किसानलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ । सरकारले असारमै मल ल्याउछु भनेर ठेक्का सम्झौता गरेपनि भदौसम्म समेत मल उपलब्ध नगराएका कारण यसबीचमा ठुलो नोक्सानी व्यवहोरिरहेका किसानलाई क्षतिपूर्ति दिन नेविसंघले माग गरेको हो ।
नेविसंघका महामन्त्री बलदेव तिमिल्सिनाले एक विज्ञप्ती जारी गर्दै मल नल्याउने कम्पनीलाई कालोसूचीमा राख्नु मात्रै उपयुक्त नभएको भन्दै किसानलाई क्षतिपूर्ति दिनुपर्ने माग गरे ।
‘सरकारले ठेक्का सम्झौता गरेर मल नल्याउने ठेकेदारसँगको ठेक्का खारेज गरेको भन्ने सुन्नमा आएको छ’ नेविसंघ महामन्त्री तिमिल्सिनाले प्रश्न गर्दै भनेका छन, ‘पटक पटक बिबादमा आएको र पहिल्यै कालोसूचीमा परेको कम्पनीलाई मिलेमतोमा ठेक्का दिनेलाई चाहीं कार्वाही किन गरिदैंन ?’
‘यस्ता ठग कम्पनीबाट तत्काल क्षतिपूर्ति असूल गर्न र जनतामारा सरकारको गलत निर्णयबाट मर्कामा रहेका किसानलाई आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दछु’ विज्ञप्तीमा भनिएको छ ।
सरकारले सम्झौता गरेर पनि मल नल्याउने नेकपाका अध्यक्ष प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको शैलुङ कन्सट्रक्सनसँगको ठेक्का रद्द गरेर धरौटी जफत गर्ने निर्णय गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार