‘घुम्ती स्वाब सङ्कलन बुथ’ सञ्चालनमा
नेपालबहस संवाददाता
भदौ २२, २०७७ सोमबार २०:३४:११
२२ भदौ,भक्तपुर । सूर्यविनायक नगरपालिकाले पीसीआर परीक्षणका लागि ‘घुम्ती स्वाब सङ्कलन बुथ’ सञ्चालनमा ल्याएको छ ।नगरपालिकाका प्रमुख वासुदेव थापाले सो बुथको उद्घाटन गर्दै नगरपालिकाले अब टोलटोलमा बुथ लगेर स्वाब सङ्कलन गर्न सकिने र यसले नगरवासीलाई निकै सहज हुने बताए ।
भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले नेपालमै पहिलो पटक सूर्यविनायक नगरपालिकाले आफ्नै बुथ टोलटोलमा पु¥याएर स्वाब सङ्कलन गर्दा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिनबाट जोगाउन सक्ने विश्वास व्यक्त गरे। उनले भने, “स्वाब दिन अस्पतालसम्म जाँदा आउँदा सङ्क्रमण फैलिन सक्ने जोखिम अब यसले अन्त्य गरेको छ, नगरपालिकाको यो अभियानले टोलटोलमै गएर स्बाव सङ्कलन गर्दा सुरक्षित पनि हुने र समुदायमा सङ्क्रमण फैलिनबाट पनि रोक्न सक्छ, अरु स्थानीय तहले पनि यो प्रविधि अपनाउनु उपयुक्त हुन्छ ।”
नगरपालिकाले कोरोना भाइरस सङ्क्रमणको जोखिमयुक्त वडा र टोलको पहिचान गरी आफ्नै स्वास्थ्यकर्मीको टोलीमार्फत् कन्ट्याक्ट ट्रेसिङ गर्दै टोलटोलमा स्वाब सङ्कलन अभियान शुरु गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले बताए । उनले भने, “कोभिड–१९ को सङ्क्रमणलाई समुदायस्तरमा फैलिनबाट रोक्न कसरी जान सकिन्छ भन्नेबारेमा छलफल ग¥याैं, स्वाब सङ्कलन बुथ बनाएर टोलटोलमा जान सकिने निष्कर्ष निस्किएपछि कर्नेल शिवप्रसाद पौडेल र मैले खाका बनायाैं, यसले छिटो र छरितो रुपमा स्वाब सङ्कलनमा निकै सहजता ल्याउँछ ।”
नगरपालिकाले ट्रक र सामग्री उपलब्ध गराएपछि नेपाली सेनाको वीर दल गण सूर्यविनायकको प्राविधिक एवं जनशक्तिसहितको सहकार्यमा तीन दिनमा बुथ तयार पारेको वीर दल गणका गणपति कर्नेल शिवप्रसाद पौडेलले जानकारी दिए। नगरपालिकाका सामाजिक विकास शाखाका संयोजक एवं वडा नं ८ का वडाध्यक्ष किरण थापाले बुथबाट पहिलो दिन १, २, ३, ६, ८, ९ र १० वडाका ९६ जनाको स्वाब सङ्कलन गरेको जानकारी दिए ।
स्वाब सङ्कलनका लागि नगरपालिकाबाट सम्बन्धित वडाका वडाध्यक्षको नेतृत्वमा उपप्रमुख जुना बस्नेत, प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली, सामाजिक विकास शाखाका संयोजक थापा, स्वास्थ्य शाखाका प्रमुख वसन्त चापागार्इंसहितको ६ सदस्यीय स्वास्थ्यकर्मीको टोली खटिने छन् । नगरपालिकाले अहिलेसम्म कन्ट्याक्ट ट्रेसिङबाट ५६६ जनाको स्वाब सङ्कलन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनसर्ने रोग नियन्त्रणका लागि प्रत्येक वर्ष एकमहिने परीक्षण अभियान सञ्चालन गरिने
मंसिर १६, २०८१ आइतबार
एचआइभी सङ्क्रमित भन्छन्, “नियमित औषधि सेवन गरे सक्रिय जीवन बाँच्न सकिन्छ”
मंसिर १६, २०८१ आइतबार
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार