आचरण विपरीत काम गर्ने २५९ जना प्रहरी कारवाहीमा, हजार पुरस्कृत
नेपालबहस संवाददाता
भदौ २२, २०७७ सोमबार २१:५४:९
२२ भदौ, तुलसीपुर । गत आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश नं ५ बाट २५९ प्रहरी कारवाहीमा परेका छन् । प्रहरीको आचरण, नीति र नियम विपरीत काम गर्नेलाई कारवाही गरिएको हो । प्रदेश नं ५ प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारका अनुसार नसिहतमा १२७, चालचलनसम्बधी प्रतिकूल रायमा पाँच, ग्रेड घटुवामा १४, ग्रेड रोक्कामा पाँच, शुरुस्केल घटुवामा दुई, पदोन्नति रोक्कामा १३, नोकरीबाट हटाइएकामा ३२, बर्खास्त गरिएकामा एक, निलम्बनमा सात , स्वतः निलम्बनमा नौ र सचेत गराइएकामा ४४ जना छन् ।अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश नं ५ बाट १७६ प्रहरीलाई कारवाही गरिएको थियो ।
हजार पुरस्कृत
गत आवमा प्रदेश नं ५ बाट एक हजार प्रहरीलाई पुरस्कृत गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक बैदवारका अनुसार पुरस्कृत हुनेमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका १२७, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका १०५, नवलपरासीका ४७, गुल्मीका ३७, पाल्पाका ३९, अर्घाखाँचीका ७३, दाङका ८५, बाँकेका १३२, बर्दियाका ८१, रोल्पाका ६७, प्युठानका १७ र रुकुम९पूर्व०का ५७ जना छन् ।
त्यस्तै ५ नं प्रदेश प्रहरी कार्यालय दाङका ५०, ५ नं प्रदेश तालीम केन्द्र बुटवलका आठ, ५ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका तीन, ५ नं प्रदेश सशस्त्र प्रहरी गण खजुरा बाँकेका ३८ र ५ नं प्रदेश दङ्गा नियन्त्रण प्रहरी गण बुटवलका २४ प्रहरीलाई पनि पुरस्कृत गरिएको छ ।
सिर्जनशील काम गरेको, तोकिएका ठाउँमा जिम्मेवारी पूरा गरेको, अनुसन्धानमा सफल भएको, लागुऔषध, कर्तव्य ज्यान, सवारी दुर्घटना, जबर्जस्ती करणी, हत्या, अवैध सामान र अवैध हातहतियारमा संलग्नलाई पक्राउ गर्न सफल प्रहरीलाई सम्मान गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार