राष्ट्रपतिले शर्मालाई हटाएको पुष्टि, नयाँ सल्लाहकारमा ढकाल नियुक्त !
नेपालबहस संवाददाता
भदौ २२, २०७७ सोमबार २२:१६:५०
२२ भदौ, काठमाडौं । प्रेस काउन्सिल प्रकरणमा राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना सञ्चारविज्ञ सल्लाहकार माधव शर्मालाई हटाएको पुष्टि भएको छ । नयाँ सञ्चारविज्ञमा शीतलनिवासले टीका ढकाललाई नियुक्त गरेपछि शर्मालाई झण्डै एक महिनाअघि प्रेस काउन्सिल प्रकरणकै क्रममा हटाएको पुष्टि भएको हो ।
सरकारले प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठलाई हटाएको थियो । प्रेस काउन्सिल प्रकरणमा तत्कालिन प्रेस सल्लाहकार शर्माले सुझाव दिन खोज्दा सरकारको आलोचना गरेको भन्दै राष्ट्रपतिले उनलाई हटाएकी थिइन् । सो समाचार पहिलो पटक नेपालबहस डटकमले प्रकाशित गरेको थियो ।
जसको पुष्टि झण्डै तीन हप्तापछि शीतलनिवासले गरेको छ । त्रिविबाट अंग्रेजी विषयमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका पाँचथरका टीका ढकाललाई सञ्चारविज्ञ एवं राष्ट्रपतिको सल्लाहमा नियुक्त गरिएको हो ।
ढकाललाई शर्माकै जसरी सूचना र सञ्चारसहितकाे जिम्मेवारी दिइएको छ र उनले नेपाल सरकारको राज्यमन्त्री सरहको सुविधा पाउनेछन् । यसैबीच राष्ट्रपति कार्यालयले पूर्व सल्लाहकार शर्मासँगै अर्का विज्ञ सल्लाहकार सुशील प्याकुरेल, सुरक्षा मामिला विज्ञ नेत्रबहादुर थापालाई पनि हटाएको छ । थापा नेपाली सेनाका पूर्व रथीका साथै राप्रपा अध्न्यक्ष कमल थापाका सहाेदर दाजु पनि हुन् । दुवैले राजीनामा दिएको दाबी गरिएको छ । राष्ट्रपतिकाे सचिवालयमा कार्यरत दीपा शर्मा पनि हटाइएकी छिन् ।
यो पनि पढ्नुहोस :
काउन्सिल काण्डमा राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्मा बर्खास्त !
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
जेठ ६, २०८१ आइतबार
दिउँसो २ बजेलाई सारियो प्रतिनिधिसभा बैठक
जेठ ६, २०८१ आइतबार
टीओआरबारे कार्यदलमा विवाद, सहमति नभएसम्म संसद बैठक रोक्न प्रतिपक्षको आग्रह
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
जेठ ६, २०८१ आइतबार