कोरोना भाइरसबाट एक हजार बढीको मृत्यु , इजरायलमा राति कर्फ्यु
नेपालबहस संवाददाता
भदौ २२, २०७७ सोमबार २३:१८:५४
२२ भदौ, काठमाडाैं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले कोरोना भाइरसबाट अति प्रभावित झण्डै ४० वटा शहर बजारमा रात्रिकालीन निषेधाज्ञा (कर्फ्यु) लगाइने आइतबार घोषणा गरेका छन् । इजरायली वरिष्ट अधिकारीहरुको आइतबार अबेरसम्म घण्टौं चलेको परामर्श बैठकपछि उक्त निर्णय घोषणा गरिएको थियो । देशभर एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएपछि सरकारले नयाँ नियमहरु घोषणा गर्नु परेको हो । पछिल्ला दिनहरुमा इजरायलमा ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन् ।
यस्तो कफ्र्यु सोमबार राति ७ बजेदेखि बिहान ५ बजेसम्म लाग्नेछ । तर यो कर्फ्यु कति समयसम्म जारी रहनेछ भन्ने स्पष्ट भइसकेको छैन । मानिसहरुलाई आफ्ना घरबाट ५०० मिटरभन्दा टाढा नजान र अत्यावश्यकभन्दा बाहेकका अरु व्यापार व्यवसाय बन्द गर्न भनिएको छ । इजरायलले कोरोना नियन्त्रणका लागि शुरुमा अपनाएका विधिप्रति धेरैले सकारात्मक रुपमा लिएका थिए । तर मे महिनामा नियमहरुलाई खुकुलो बनाएसँगै नयाँ संक्रमितको संख्या ह्वात्तै बढेको थियो । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको विरोधमा भइरहेको साप्ताहिक प्रदर्शनका कारणले पनि संक्रमण फैल्याउन मद्दत गरेको छ ।
पछिल्ला दिनहरुमा दैनिक तीन हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिन थालेको छ । सरकारले संक्रमण रोक्न राष्ट्रव्यापी लकडाउन गर्ने सोचाई पनि अघि सारेको छ ।समग्रमा, इजरायलमा एक लाख ३० हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् र अझै २६ हजारभन्दा बढी सक्रिय कोरोना संक्रमित छन् । हाल प्रत्येक दिन तीन हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।
प्रधानमन्त्री नेतन्याहूले नियुक्त गरेएका कोरोना भाइरस परियोजना व्यवस्थापक डा रोन्नी गाम्जुको परामर्शमा सेनाले कोरोना संक्रमण रोक्न गत महिना एउटा कार्यदल गठन गरेको छ । यसले मुख्य कार्य नै संक्रमित व्यक्तिको सम्पर्क पहिचान गर्ने र संक्रमणको शृंखला रोक्ने रहेको छ ।इजरायली अधिकारीहरुमाथि व्यवसाय र विद्यालयहरु चाँडै खोलिएको भन्दै जनस्तरबाट आक्रोश व्यक्त भइरहेको छ । एजेन्सी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
स्पेनिस ला लिगा : बेलिङ्घम र एम्बाप्पेको गोलमा रियल विजयी
मंसिर १७, २०८१ सोमबार
के–के छन् प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डा ?
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
एनपीएलः आजको दोस्रो खेल जनकपुर र कर्णालीबीच हुने, शिखर धवन खेल्दै
मंसिर १७, २०८१ सोमबार
रविकाे बयान आज पनि जारी रहने, सकिए लगत्तै पाेखरा पठाइने
मंसिर १७, २०८१ सोमबार