गाेरखामा ११ महिनापछि आकस्मिक शल्यक्रिया सेवा शुरु
नेपालबहस संवाददाता
भदौ २३, २०७७ मंगलबार १९:५:४२
२३ भदौ, गोरखा । ग्रामीण क्षेत्रमा रहेको यहाँको सबैभन्दा पुरानो आँपपिपल अस्पतालमा आकस्मिक शल्यक्रिया सेवा शुरुआत भएको छ । विशेषज्ञ चिकित्सकको अभावमा बन्द भएका सबै प्रकारका आकस्मिक शल्यक्रिया सेवा सोमबारदेखि पुनः शुरु भएको अस्पतालका प्रशासकीय अधिकृत बाबुराम गिरीले जानकारी दिए ।
“गएको करिब ११ महिनादेखि विशेषज्ञ चिकित्सक नहुँदा सामान्य शल्यक्रिया गर्नुपर्ने बिरामीलाई समेत अस्पतालबाट बाहिर रिफर गर्नुपर्ने बाध्यता रहँदै आएको थियो”, उनले भने, “अब बिरामीले यहीँ नै सेवा पाने भएका छन् ।” उनले आकस्मिकरुपमा आइपर्ने एपेन्डिसाइटिसका शल्यक्रिया, सिएस लगायतका अन्य शल्यक्रिया सेवा अस्पतालबाट नियमितरुपमा उपलब्ध हुने बताए । अस्पतालमा विशेषज्ञ चिकित्सक आएसँगै यस्ता खालका सेवा दिन शुरु गरिएको प्रशासकीय अधिकृत गिरीको भनाइ छ ।
गत असोजमा अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक शितिजचन्द्र पौडेलले छोडेपछि नै अस्पतालमा सबै खालका आकस्मिक शल्यक्रिया सेवा रोकिएको थियो । “ चिकित्सक पौडेल नहुँदा कहिलेकाहीँ बाहिरबाट विशेषज्ञ चिकित्सक ल्याएर शल्यक्रियाका सेवा नदिएको त होइन तर अब भने नियमित हुने भयो ।” उनले भने । सेवा शुरु भएपछि कोभिड–१९ को सङ्क्रमणबाट सामान्य शल्यक्रियाका लागि पुगेका बिरामीले रिफर गर्नुपर्ने बाध्यता हटेको उनले बताए। “पुरानो अस्पताल भए पनि यसको बृद्धि विकास स्थानीय निकायले त्यति ध्यान पु¥याउन नसक्दा अस्पतालले भने जस्तो सेवा दिन समस्या हुँदै आएको छ”, प्रशासकीय अधिकृत गिरीले भने, “अझै पनि धेरै समस्या छ ।”
अस्पतालले आफैँले एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको भए पनि बर्खामा परेको निरन्तरको वर्षाले अस्पतालसम्म पुग्ने कच्ची सडक भत्काउँदा अहिले एम्बुलेन्स पुग्ने अवस्था नरहेको उनले जानकारी दिए। “हरेक वर्ष हामीले यस्तै समस्या भोग्दै आउनुपरेको छ”, उनले भने, “अस्पताल पुग्ने ठाउँ नजिकै पहिराले अवरुद्ध भएको डेढ महिनाभन्दा बढी हुँदा पनि मर्मतका लागि कसैले ध्यान दिएको छैन ।”
सडक मर्मत नहुँदा स्टेचर बोकेर बाटोसम्म बिरामीले लिन जानुपर्ने र ल्याएर उपचार गर्नुपर्ने बाध्यता अस्पताललाई रहेको उनले बताए । “दिनको समयमा जसोतसो ल्याइन्छ, रातको समयमा झैन अप्ठ्यारो पर्छ”, प्रमुख प्रशासकीय अधिकृत गिरीले भने, “पहिरोले स्टेचरमा बिरामी राखेर चार जनाले बोक्ने सक्ने बाटो पनि छैन ।” उहाँले पहिरोले अवरुद्ध सडक तत्काल मर्मतका गर्न वडाध्यक्ष र स्थानीय सरकारलाई आग्रह गर्र्र्दै आएको जानकारी दिएगा ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण सुरु
मंसिर १६, २०८१ आइतबार
सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
के–के छन् प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डा ?
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
एनपीएलः आजको दोस्रो खेलमा जनकपुर र कर्णाली खेल्ने
मंसिर १७, २०८१ सोमबार
रविकाे बयान आज पनि जारी रहने, सकिए लगत्तै पाेखरा पठाइने
मंसिर १७, २०८१ सोमबार
रौतहटको गढीमाई –८ मा नेकपा एसको उम्मेदवार विजयी
मंसिर १७, २०८१ सोमबार