सीसी क्यामरा फुटेजको आधारमा चोरी भएको सामानसहित चार पक्राउ
नेपालबहस संवाददाता
भदौ २३, २०७७ मंगलबार १९:६:५०
◊धीरुभाइ
२३ भदौ, सप्तरी । पसलमा जडान गरिएको सीसीटिभीको फुटेजको मद्दतले राजविराज नगरपालिका ७ स्थित गुदरी लाइनको एक चोरिएको सामानसहित चार जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
चोरी भएको सामानसहित राजविराज नगरपालिका ६ बस्ने सैनी भनिने सनिया मण्डल, उनकी बहिनी ज्योतीकुमारी मण्डल सहनी, राजविराज नगरपालिका ४ का समिम अन्सारी र रुपनी गाउँपालिका ४ का लालमहमद राइनलाई सीसी क्यामराको फुटेजको आधारमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन आयोजना गरेर उनीहरुलाई सार्वजनिक गरिएको छ ।
राजविराज नगररपालिका–७ गुदरीलाइन स्थित ओमप्रकाश साहको दुई तल्ले पक्की घरमा रहेको गणेश स्टोर किराना पसलमा चोरी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । भदौ २१ गते राती पसलमा चोरी भएको थियो ।
पक्राउ परेकाहरुको बयानको आधारमा विभिन्न स्थानबाट रिचार्ज कार्ड र नगद गरी चार लाख नौ हजार ३४५ रुपियाँ बरामद गरेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए। भदौ २२ गते बिहान उक्त किराना पसलमा खोल्दा एक लाख ५० हजार रुपैयाँ बराबरका रिचार्ज कार्ड र नगद गरी चार लाख रुपैयाँ चोरी भएको सूचना पाएलगतै प्रहरी अनुसन्धानमा सक्रिय भएको प्रहरी उपरीक्षक धमलाले किराना पसलमा जडान गरिएको सीसीटिभी फुटेजका आधारमा चोरीमा संलग्नहरुको पहिचान गरी उनीहरुलाई पक्राउ गरेको बताए ।
यता चोरीको आरोपमा पक्राउ परेका सैनी पसलभित्र पसेर चोरी गरेको र उनकी बहिनी ज्योतीले चोरेर ल्याएको नगदसहित सामग्री आफैले सञ्चालन गरेको ज्योती मदिरा पसलमा जानी जानी लुकाइएको प्रारम्भिक अनुसन्धानमा खुलेको बताइएको छ । त्यस्तै समिमले लुकाएको सामानको रेखदेखमा खटिएको आरोप तथा लालमहमदले सैनीलाई चोरीमा सहयोग पु¥याएको अनुसन्धानबाट खुलेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार