अव्यवस्थित विद्युतीकरणले बढायो सुरक्षा जोखिम
नेपालबहस संवाददाता
भदौ २३, २०७७ मंगलबार १९:३८:२८
२३ भदौ, डोटी । अव्यवस्थित विद्युतीकरणका कारण जिल्लामा भौतिक र मानवीय जोखिम बढ्दै गएको छ । विद्युत विस्तारका लागि तानिएका अव्यवस्थित तथा नाङ्गो तारका कारण भौतिक र मानवीय जोखिम बढ्दै गएको हो । जथाभावी तानिएका विद्युतका नाङ्गो तारमध्ये कतै अग्लो रुखमा त कतै घरको छतमा टाँसिएका कारण कुनैबेला पनि करेन्ट लाग्न तथा आगलागी हुनसक्ने उच्च सम्भावना भएकाले स्थानीयवासीमा त्रास फैलिएको छ ।
जिल्लाको शिखर नगरपालिका, आदर्श गाउँपालिका, केआइसिंह गाउँपालिका, दीपायल सिलगढी नगरपालिकाका विभिन्न वडामा गरिएको विद्युत विस्तारका लाइन लामो समयदेखि व्यवस्थित गरिएको छैन । अग्लो रुखमा टाँसिएका विद्युत्का नाङ्गो तारका कारण सामान्य पानी पर्दासमेत करेन्ट प्रवाह हुने तथा विद्युत्को फ्यूज उड्ने र विद्युत सञ्चालन बन्द हुने गरेको दीपायल सिलगढी नगरपालिका–४ गैराका स्थानीयवासी कैलाश विकले बताउनुभयो । उनले भने, “गाउँमा विस्तार भएका विद्युतका तार नाङ्गो र रुख छोएर गएका छन्, पानी पर्दा रुखमा करेन्ट प्रवाह हुन्छ, समय समयमा तार छुइने हुँदा फ्यूज उडेर घण्टौँसम्म लाइनसमेत जाने गरेको छ, खतरा बढेको छ ।” यसरी अव्यवस्थितरुपमा तानिएका तारले नागरिकको सुरक्षा जोखिम बढाएको भन्दै पटकपटक विद्युत् कार्यालयमा जानकारी दिँदासमेत तार व्यवस्थापनका लागि कुनै पहल नगरिएको स्थानीयवासीको आरोप छ ।
अव्यवस्थित तथा नाङ्गो तारका कारण जिल्लाको सबैभन्दा बढी दीपायल सिलगढी नगरपालिकाको हलिखोला, गैरा, कुमालीकोट, सुनगढा, पिपल्ला, घट्टेखोला, आदर्श गाउँपालिकाको बाझककानी, भुँण, मौवानगरदह, चासी, केआइसिंह गाउँपालिकाको काफली, रानागाउँ, दल्ल, चन्केसैन, पलेडी, कुलाऊ, छाती, वायल तथा खिशर नगरपालिकाको आली अतुराली, मुडेगाउँ, कपल्लेकी, खुडखुडा र सुर्खाललगायतका स्थानमा बढी जोखिम बढेको स्थानीयवासी बताउँछन् ।
जथाभावी विद्युत्का तार तानेका कारण यहाँका दर्जनौँ गाउँका नागरिकको सुरक्षा जोखिम बढाएको शिखर नगरपािलका–३ का स्थानीयवासी तेजबहादुर बोगटीले बताउनुभयो । उनले भने, “वर्षौं पहिले विद्युत् विस्तार गर्ने क्रममा आलो रुखलाई विद्युत् पोल बनाएर तार तानिएको छ, जति बेला पनि घटना हुनसक्ने भएकाले सुरक्षा जोखिम बढेको हो ।” अव्यवस्थित तानिएका विद्युत् तारका कारण जिल्लामा विगत चार वर्षको अवधिमा करेन्ट लागेर १२ जनाको ज्यान गइसकेको छ ।
जिल्लामा अव्यवस्थितरुपमा तानिएका तारका कारण विद्युत् अनियमित हुने, ट्रान्सफर्मर सर्ट हुने, बत्ती डिम जल्नेलगायतका समस्या हुँदै आएको दीपायल सिलगढी नगरपालिका–४ का स्थानीयवासी शैलेन्द्र शाहले बताए । उनले भने, “अव्यवस्थित तारका कारण बत्ती आउने जाने समस्या हुँदै छ, कार्यालयको लापरवाहीले कहिले घटना हुन्छ थाहा छैन ।” डोटी विद्युत् वितरण केन्द्र दीपायलका प्रमुख कपिलदेव जोशीले अव्यवस्थित तथा रुखमा पोल बनाई विद्युत् विस्तार गरिएका ठाउँमा नयाँ पोल गाडेर विद्युत् विस्तार गरिने बताए । उनले भने, “म कार्यालय प्रमुख भएर आउनुभन्दा पहिले यसरी विद्युत् विस्तार गरिएको रहेछ, अहिले जानकारी पाएँ, अब छिट्टै ती ठाउँमा फलामे पोल गाडेर विद्युत् विस्तार गर्ने र्छौं ।”
गाउँमा मात्रै नभएर यहाँका प्रमुख बजार दीपायल, पिपल्ला, राजपुर तथा जिल्ला सदरमुकाम सिलगढीमा समेत अव्यवस्थित विद्युत् तार विस्तार गरिएका कारण समस्या हुँदै आएको छ । बजेट अभावका कारण बजारमा विस्तार गरिएका तारको उचित व्यवस्थापन गर्न नसकिएको डोटी विद्युत् वितरण केन्द्र दीपायलले जनाएको छ । अव्यवस्थित विद्युत् विस्तारका कारण जिल्लामा कयौँ पटक आगलागीसमेत भएको छ । विद्युत् सवस्टेशनको कार्यालय पिपल्लामा समेत अव्यवस्थित विद्युत् विस्तार तथा नाङ्गो तार छोडिएका कारण विसं २०७१ मा आगलागी हुँदा करोडौँका उपकरण जलेर खरानी भएका थिए । आगलागीपछि अहिले उक्त कार्यालयमा अन्डरग्राउण्ड तार विस्तार गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार