घट्टेखोलामा मोटरेबल पुल निर्माण
नेपालबहस संवाददाता
भदौ २५, २०७७ बिहिबार १३:१९:२
२५ भदौ, म्याग्दी । बेनी–जोमसोम सडकअन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको घट्टेखोलामा मोटर चल्ने पुल निर्माण भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तरगत पर्ने घट्टे खोलामा पक्की मोटर चल्ने पुल निर्माण भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाले ठेक्कामार्फत बनाएको पुल निर्माण सकिएपछि सञ्चालनमा आएको छ ।
चालीस मिटर लामो र ११ मिटर चौडाई भएको पुल निर्माणका लागि आयोजना र फेवा नयाँबाटो (जेभी) जोइन्टभेञ्चरबीच २०७३ असार २९ गते ठेक्का सम्झौता भएको थियो । रु पाँच करोड ७६ लाख ८० हजार ५५६ को लागतमा पुल निर्माण भएको आयोजनाले जनाएको छ । पुल हस्तान्तरण भएपछि सवारी आवतजावतका लागि खुल्ला गरिएको आयोजना प्रमुख अशोक तिवारीले बताउनुभयो । आयोजनाका अनुसार यो पुल प्रिस्टीङ प्रबिधिको हो । यसअघि घट्टे खोलाबाटै सवारी साधन आवतजावत गर्थे । पुल बनेपछि घट्टेखोलामा बाढी आउँदा सडक अवरुद्ध हुने समस्या हटेको छ ।
ढलानको तयारी गरेको अवस्थामा २०७६ जेठ ११ गते घट्टेखोलामा आएको बाढीले सटिङ गरेका सामग्री बगाउँदा निर्माण अवधि एक वर्ष धकेलिएको निर्माण कम्पनीका प्रतिनिधि रवी कार्कीले बताउनुभयो । उनका अनुसार कोरोना भाइरसको जोखिम र बन्दाबन्दीको असहज अवस्थामा पनि घर नगएका मजदुरलाई परिचालन गरेर पुल निर्माण सम्पन्न गरिएको हो । बेनी–जोमसोम सडकको म्याग्दी खण्डअन्तरगत गलेश्वर, तिप्ल्याङ, पोखरेबगर र रुप्से खोलामा मोटर चल्ने पुल निर्माणाधिन अवस्थामा छन् ।
रुप्सेखो, घाँसाखोला र घैकुखोलामा निर्माणाधिन पुलमा गत साउन ५ गतेको बाढीले क्षति पु¥याएको छ । बाढीले पर्खाल भत्काएको गलेश्वर स्थित राहुघाट नदी माथिको बेलिब्रिज मर्मत भएको छ । असार २६ गते बिहान रघुगंगा नदीमा आएको बाढीले भत्काएको पुलको पर्खाल मर्मत गरेर साउन २७ गतेदेखि सवारी सञ्चालन गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३२ प्रतिशतले बढेको अवस्थामा ७ खर्ब २३ अर्ब बढी देखियो व्यापार घाटा
माघ ७, २०८१ सोमबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार
अखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार
बैतडी जीप दुर्घटनामा २ जनाको मृत्यु, घाइतेको डडेल्धुरा अस्पतालमा उपचार हुँदै
माघ १२, २०८१ शनिबार
काठमाडौं महानगरपालिकामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति
माघ १२, २०८१ शनिबार